खबर ठुलो छ

सोमबार दिउँसो १ बजे नेपाल पर्यटन बोर्डले ‘जुम एप’ भर्चुअल बैठक राखेको थियो। कोरोना भा इरसले थलिएको पर्यटनलाई कसरी उकास्ने भन्‍ने विषयमा छलफल थियो। जसमा देशभरबाट २ सय ५९ जना पर्यटन व्यवसायी, उद्यमी र संचारकर्मी सहभागी थिए।

पो र्न भिडियो प्‍ले भएपछि मन्त्री भट्टराई के बोल्ने के नबोल्ने अलमलमा परे, उनी भाषण गर्दागर्दै केही समय रोकिए र करिब २ मिनेटपछि जुम बन्द गरियो

पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मी, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, पर्यटन बोर्ड सञ्चालक समिति सदस्य दीपक महत, पर्यटन व्यवसायी कर्ण शाक्य, पर्यटन सचिव केदारबहादुर अधिकारीले आफ्नो भनाई राखे। अन्तिममा बोल्ने पालो थियो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको। मन्त्री भट्टराई बोलेको करिब ५ मिनेटसम्म अवस्था सामान्य नै थियो। सबै एकनासले मन्त्री भट्टराईको भाषण सुनिरहेका थिए तर एक्कासी करिब १ मिनेट पो र्न भिडियो बज्यो, सबै अचम्मित भए। मन्त्रीबाहेक अन्यको माइक्रोफोन म्युट गरिएको थियो। पो र्न भिडियो प्‍ले भएपछि मन्त्री भट्टराई के बोल्ने के नबोल्ने अलमलमा परे, उनी भाषण गर्दागर्दै केही समय रोकिए र करिब २ मिनेटपछि जुम बन्द गरियो। त्यसपछि सहभागीहरु अचम्मित गर्दै मिटिङ ‘लिभ’ गरेका थिए। उक्त पो र्न भिडियो ‘नरेन्द्र मोदी, मनमोहनसिंह र हरिश’ नामबाट प्ले भएको बताइएको छ। बैठक सुरु हुने बेलादेखि नै ह्याकरले समस्या गरिरहेको बताइएको छ। मन्त्रालयले सो घट्नाबारे छानविन गर्न समिति गठन गरेको जनाएको छ। बैठक बन्द गरेर वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा मन्त्री भट्टराईलाई भेट्न मन्त्रालय पुगेकी थिइन्। अन्नपुर्ण पोष्टमा समाचार छ ।

मंगलबार, आषाढ ०९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया