सुनसरी ईनरुवा-७ बस्ने ३५ बर्षीय मोहमद नजुन मियाको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । आज दिउसो पौने १ बजे ईटहरी-८ खोलाटोली स्थित भित्रि सडक खण्डमा को ३९ प ५५७२ नम्बरको मोटरसाईकलले साईकलयात्री मोहमदलाई ठक्कर दिदा उनको घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ। ठक्कर दिने मोटरसाईकल र चालक सागर कुशहवा नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।