मंगलबार, आषाढ ०९, २०७७ || 578  पटक पढिएको

भारत र पाकिस्तानी सीमा जम्मु काश्मिरमा भएको गोली हानाहानमा एक नेपालीको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त झडपमा परेर भारतीय सेनामा कार्यरत गुल्मीको छत्रकोट गाउँपालिका ५ का दिपक कार्कीको मृत्यु भएको हो । कार्की जम्मु काश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा ड्युटीमै भएका बेला पाकिस्तानतिरबाट प्रहार भएको गोली लागि गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

१७ बर्षसम्म भारतीय सेनामा बिताएका उनी जागिर छाड्ने मोडमा समेत रहेका थिए । उनले गतवर्ष नै जागिर छाडेर पेन्सन लिएर बस्ने तयारी गरेका थिए तर उनी फेरि जागिरमा फर्किएका थिए । गुल्मीबाट रुपन्देहीमा नयाँ घर बनाएर बसाईसराई गरेका उनी र उनको परिवार तिलोत्तमा नगरपालिका वडा नम्वर ५ मणिग्राममा घर बनाएर बस्दै आएको छ । गत वर्ष पेन्सन निकालेर आउने सोचसहित गएका कार्कीलाई हवल्दारको प्रमोशनले पेन्सन निक्लेर घर आउने सपना चुडालेको परिवारका सदस्य बताउँछन् ।

दाजु नरेन्द्र कार्की भन्छन्– ‘पोहोर साल नै पेन्सन निकाल्न आँटेको बेला हवल्दारको प्रमोशन भएपछि रोकिएका थिए । १७ वर्ष जागिर पुगेको थियो । पोहर मात्रै मणिग्राममा बसाईसराई गरेका हुन् । छन त खज्र्याङ बजारमा पनि पक्की घर छ ।’ उनकाअनुसार कार्कीकी श्रीमती प्रतिमा कार्की आज एकजना सहयोगीसहित श्रीमानको शव बुझ्न गोरखपुर पुगेकी छिन् ।

उनकी आमाको मृत्यु भइसकेको छ भने ९० बर्षीया बाबु शालिकराम कार्की दिपकको परिवारसहित मणिग्राम सरेका थिए । दिपककी श्रीमती, ९ वर्षीया र ७ वर्षीया छोरी र ४ वर्षीय छोरा रहेको दाजु नरेन्द्रले बताए । उनी ३÷५ गोर्खा राईफल्समा कार्यरत रहेका थिए ।

उनका दाजु कृष्णबहादुर कार्की केहि दिनअघि भारतबाट घर आएर छत्रकोटको जनज्योति माध्यामिक विद्यालयको क्वारेन्टाईनमा रहेको वडाध्यक्ष कृष्ण पन्थले जानकारी दिए । १८ वर्षअघि भारतीय सेनामा भर्ती भएका कार्कीको उमेर अहिले ३८ वर्ष भएको उनको परिवारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!