नगरसभामा प्रस्तुत हुन लागेको कार्ययोजनाबारे जानकारी नगराइएको भन्दै आज हुने भनिएको जनकपुरधाम उपमहानगरपालिकाको नगरसभाको विरोध गर्दै वडाध्यक्षहरुले कालाे पट्टी बाँधेर कार्यालय अगाडि धर्ना दिइरहेका छन् ।

मेयर पक्ष र विपक्षबीच बारम्बार घमसाघमसी भइरहेको छ । सुरक्षा संवेदनशीलता हेरी अहिले प्रहरीको बाक्लो उपस्थिति रहेको छ । कार्यपालिकाको बैठकमा योजना तर्जुमा समितिले ल्याएको कार्ययोजना आफूहरुलाई अध्ययन नै गर्न नदिई पारित गर्न लागेको भन्दै नगरप्रमुख लालकिशोर साहले आफूहरुलाई जबरजस्ती माईन्युटमा हस्ताक्षर गर्न दबाब दिइरहेकाले नगरसभा हुन नदिन धर्ना दिनुपरेको वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले बताए ।

यसअघि सोमबार आफूहरुले माग गरेअनुसारको एजेण्डासहितको कार्ययोजना नआएपछि वडाध्यक्षहरुले विरोध गर्दा नगरप्रमुख साह पक्षका केही वडाध्यक्ष र अन्य वडाध्यक्षहरुबीच विवाद भएको थियो ।

प्रत्येक वर्ष उपमहानगरपालिकाको २० देखि २५ करोडसम्मको बजेट फ्रिज हुँदै आएकाे छ । उक्त रकम कुन वडाको र किन फ्रिज भएको हाे भन्नेबारे जानकारी गराउनुपर्नेमा प्रमुख लालकिशोर साह तानाशाही ढंगले प्रस्तुत हुँदै आएको वडाध्यक्षहरुको आरोप रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको लागि बजेट निकासा गर्न आज नगरसभा हुन लागेको छ । आज बोलाइएको नगर सभा विरोधको कारण अझै सुरु हुन सकेको छैन । नगर कार्यपालिका बाहिर मेयरविरुद्ध चर्को नाराबाजी हुँदै छ । मेयरसँग प्रतिक्रिया लिन पुगेका सञ्चारकर्मीलाई समेत भेट गर्न दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!