शनिबार, पौष १९, २०७६ || 1172  पटक पढिएको

 

हिपमत डटकम
बिराटनगर,पौष-१९

विराटनगर ८ स्थित अशोक चौकमा बसोबास गर्दै आएका गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई न्यानो कम्बल वितरण गरिएको छ ।

केही दिनयता पश्चिमी वायुको प्रभाव स्वरुप बढदै गएको जाडोलाई मध्यनजर गर्दै सोही क्षेत्रबाट निर्वाचित सांसद अमनलाल मोदीको बिशेष पहल र समाजसेवी अथर अन्सारीकोे सहयोगमा युवाहरुको सामाजिक संस्था मानव सहयोगी हातद्धारा उक्त कम्बलहरु वितरण गरिएको हो । युवाहरुले एकाबिहानै अशोक चौकमै पुगेर कुल ४० जना ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गगता भएका व्यक्तिहरुलाई कम्बल वितरण गरेका छन । दिनप्रतिदिन बढदै गएको जाडो र न्युन पारिवारिक आयस्रोतको न्यानो कपडाको अभावमा कठयाङग्रिएर नै बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले उक्त कम्बलहरु वितरण गरिएको छ ।

सामाजिक उत्पीडनको सिकार भएका र गरिबीको रेखा मुनि जीवन द्यान्न बाध्य भएका आम नागरिकहरुको समस्यालाई नजिकबाट नियाल्दै सोको समाधान गर्न मानव सहयोगी हातहरुले उल्लेखनीय भुमिका निर्वाह गरिरहेको क्षेत्र नं. ४ बाट निर्वाचित संघीय सांसद अमनलाल मोदीले बताउनुभयो । उहाँले आफनो निर्वाचन क्षेत्राधिकारभित्र बसोबास गर्दै आएका सबै नागरिकहरुको स्तरोन्नति र विकासका लागी आफुले गरिब तथा जेहेन्दार विद्यार्थीलाई उचित शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने र गरिब तथा दलित जनजातिहरुका लागी कटहरी र ग्रामथान गाउँपालिकामा आवासगृह बनाउने लगायतका परियोजनाहरु अघि सारेको जानकारी समेत दिनुभयो ।

उक्त कम्बल वितरण कार्यक्रममा भने संस्थाका सचिव ताजिम अन्सारी, समाजसेवी अथर अन्सारी, नेकपा महानगर कमिटी सदस्य सरस्वती ओझा, नेकपा नगर कमिटी सदस्य महेश भट्टराई, र नेकपाका नेता राजन भण्डारी लगायतले सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!