सोमबार, आषाढ ०८, २०७७ || 550  पटक पढिएको

मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ । नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको, वर्षासँगै मौसमी गतिविधि बढ्ने हुँदा आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक –दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । । देशको धेरै जसो स्थानहरुमा गएरातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ४० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ६.५, धनगढीका १.२, नेपालगञ्जमा ३३.०, जुम्लामा ३.८ र धनकुटामा ५.६ मिलिमिटर वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!