सोमबार, आषाढ ०८, २०७७ || 560  पटक पढिएको

प्युठान नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रमा कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा कार्यक्रम लागु गरेको छ । यसका लागि चालु आर्थिक वर्ष ०७६÷०७७ को बजेटमार्फत नगरपालिकाले निःशुल्क शिक्षाको कार्यक्रम अघि सारेको थियो ।

नगरपालिकाले भर्ना अभियानका क्रममा शुल्क तिरेका विद्यार्थीलाई रकम फिर्ता गर्नेगरी सामुदायिक विद्यालयका खातामा रकम जम्मा गरिदिएको छ । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले गरेको निर्णयको कार्यान्वयन गर्दै ३४ सामुदायिक विद्यालयका खातामा रकम जम्मा गरिएको नगरपालिकाका शिक्षा स्रोत व्यक्ति विष्णु पोख्रेलले बताउनुभयो । निःशुल्क शिक्षाकै लागि नगरपालिकाले ती विद्यालयका लागि रु. ६३ लाख उपलब्ध गराएको उहाँको भनाइ छ ।

अठार प्राथमिक विद्यालयले निःशुल्क भर्ना गराएका थिए । अन्य नौ माध्यामिक विद्यालय, १८ आधारभूत विद्यालय र सात प्राथमिक विद्यालयको खातामा रकम जम्मा गरिएको उहाँले बताउनुभयो ।उहाँका अनुसार विद्यालयको खातामा जम्मा भएको रकम बन्दाबन्दीले विद्यार्थीलाई बाँड्न सकिएको छैन । नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि तीन वर्षको नगर शिक्षा योजना अघि सारिएको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । शिक्षा योजनामार्फत भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर वृद्धि, एक वडा एक नमूना विद्यालय, प्रविधिमैत्री विद्यालय बनाउनका लागि चालु आर्थिक वर्षमा काम भइरहेको उहाँको भनाइ छ ।

शिक्षाको गुणस्तर अभिवृद्धि गराउने उद्देश्यले शिक्षक कमी भएका विद्यालयमा अनुदानमा शिक्षक राखिएको छ । नगरपालिकाले चालु आवमा शिक्षक अनुदानका लागि रु एक करोड ३० लाख बजेट विनियोजन गरेको थियो । अनुदानमा राखिएका शिक्षकले प्रावि तह भए रु १२ हजार, निमावि तह रु १५ हजार र मावि तह रु २५ हजार मासिक पाउने छन् । नगरपालिकाले प्रावि, निमावि र माध्यामिक विद्यालयका लागि अनुदानमा ७० शिक्षक भर्ना गरेको नगरप्रमुख कक्षपतिले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!