सोमबार, आषाढ ०८, २०७७ || 509  पटक पढिएको

अविरल वर्षाका कारण खसेको पहिराले खम्बा ढल्दा जिल्लाका अधिकांश बस्तीमा तीन दिनदेखि अन्धकार भएको छ । अविरल वर्षा हुँदा खसेको पहिराले बिजुलीको खम्बा ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो । रिब्दीकोट गाउँपालिका ७ बतासेमा पहिराले एउटा विद्युत्को खम्बा बगाएको र अन्य सात ढलेपछि सो क्षेत्र तीनदेखि अन्धकार बनेको छ । बतासेमा खम्बा ढलेसँगै रिब्दीकोटका तीन वडा र रैनादेवी छहरा गाउँपालिकाका आठ वडा तथा अर्घाखाँची जिल्लाको पूर्वी भेगमा समेत विद्युत् आपूर्ति हुनसकेको छैन । जिल्लाको बगनासकाली गाउँपालिकाको खानीछापमा समेत एउटा खम्बा ढलेपछि सो क्षेत्र विद्युत्विहीन भएको छ । रैनादेवी छहरा गाउँपालिका– ४ अम्लाबाँसका राजेन्द्र पोखरेलले विद्युत् नहुँदा सामाजिक सञ्जाल, रेडियो, टिभी र अत्यावश्यक काम गर्नबाट वञ्चित हुनुपरेको बताउनुभयो । रातमा बिजुली नहुँदा अन्धकारमा रात बिताउनुपर्ने अवस्था छ । वर्षाका कारण बिजुली नहुँदा, सरकारी कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक रेडियो र घरेलु उद्योग सञ्चालनमा समस्या देखिएको स्थानीय बासिन्दाको भनाइ छ । नेपाल विद्युत् प्राधिकरण, वितरण शाखा पाल्पाका सूचना अधिकारी विवेक अधिकारीले वर्षा रोकिएको अवस्थामा आजदेखि काम शुरु हुने बताउनुभयो । अझै एक दुई दिन काम गर्न लाग्न सक्ने जनाइएको छ । वितरण शाखाको टोली तीन दिनसम्म खम्बा ढलेको स्थानमा पुगेको छैन । पहिराका कारण आफूहरु सो क्षेत्रमा पुग्न नसकेको प्राधिकारण वितरण शाखाले जनाएको छ । बतासेमा अम्लाबाँसको टोली आएर शाखालाई जानकारी गराएको अधिकारीले बताउनुभयो । सिद्धार्थ राजमार्ग अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको माथागढी गाउँपालिकाको अगाहखोला क्षेत्र नजीकै पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको छ । आर्यभन्ज्याङ–राम्दी सडक खण्डको अगाह खोलामा आज बिहान पहिरो खस्दा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । राजमार्ग अवरुद्ध भई अत्यावश्यक यातायातका साधन सञ्चालन हुन नसक्दा यात्रुले दुःख पाएका छन् । वर्षाका कारण पूर्वखोला गाउँपालिकाको चापगौरामा पहिरो जाँदा तानसेन–रामपुर सडकको पक्की खण्ड पनि अवरुद्ध भएको छ । तानसेन –हार्थोक सडकखण्डमा पनि चारपाँच स्थानमा पहिरो खस्दा यातायातका साधन सञ्चालन आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताउनुभयो । अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको जनाइएको छ । वर्षा नरोकिएकाले सडक खोल्न समस्या भइरहेको छ । –

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!