सोमबार, आषाढ ०८, २०७७ || 1118  पटक पढिएको

झापाको कमल गाउँपपालिका-५ स्थित पाडाजुंगी गौरीगंज सडकखण्डबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा खयरवारीका २१ बर्षीय सेरा अली सोही स्थानका २३ बर्षिय अन्नत प्रसाद गणेश र कमल गाउँपपालिका-५ का २० बर्षिय दिपेश थापा रहेका छन । उनिहरुलाई हिजो बेलुका ५ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाईकलमा सवार गरी आएका तिनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट प्लाष्टिकको पोकामा लुकाई छिपाई राखिएको २८ ग्राम ९७ मिलिग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको हो । साथै निजहरुको साथबाट नगद ६ हजार रुपैया ,२ थान मोबाईल र उनिहरु सवार गरी आएको दुई वटा पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ । यसै गरी सुनसरीको बराहक्षेत्र-८ शेरे चौकबाट दुई जनालाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र-७ पिपलगाछीका २१ बर्षीय अनिल धामी र धरान-१७ का २२ बर्षीय विशाल भुजेल रहेका छन । मोटरसाईकलमा सवार गरी आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट DIAZALAB- ११, एम्पुल, AVIL- ११ एम्पुल र LUPIGESIC-११ एम्पुल लागुऔषध फेला पारी बरामद गरिएको हो । साथै उनिहरु सवार गरी आएको १ थान पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!