शनिबार, पौष १९, २०७६ || 695  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पौष १९:अभिनेता अनुपबिक्रम शाही र रबिन तामाङबीच टक्कर परेको छ । उनीहरुको नयाँ फिल्म ‘कमाण्डर’ मा दमदार दुश्मनी भएको हो । एलआर विबेक सापकोटाको निर्देशनमा बनेको फिल्मको प्रदर्शन मितिसँगै ट्रेलर सार्वजनीक गरिएको छ । माघ १० गते प्रदर्शन हुने फिल्मको ट्रेलरमा अनुप प्रहरी अधिकृत र रबिन तस्करको भूमिकामा प्रस्तुत भएका छन् ।
सुपेरियर फिल्मस्को ब्यानरमा निर्देशक एलआरकै लेखन र निर्माण रहेको फिल्ममा अनुपबिक्रम र रबिनका साथमा ध्रुव कोइराला,श्रीराम पुडासैनी, प्रेम शर्मा,साधना सिलवाल,दिनेश केसी, कालु राना, तेजा ऐर तथा नवनायिका सगुन थापा मुख्य भूमिकामा छन् । फिल्मको सहनिर्मातामा सावन जंग राना छन् ।
‘कमाण्डर’ भ्रष्टाचार,तस्करी,लागूऔषध कारोबार,चेलीबेटी बेचबिखनलगायतका समसामयिक बिषयमा केन्द्रित रहेको निर्देशक एलआर बताउछन् । दिब्य सुवेदीले खिचेको फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!