खबर ठुलो छ

बझाङमा क्वारेन्टाइनमा बसेका १ पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका(७ मजखोरी माविमा बनाइएको क्वारेन्टाइनमा बसेका सोही वडाको बुडखोरीका ३० वर्षीय १ युवकले आत्महत्या गरेका हुन।

३ दिन अघि मात्र भारतको बैंग्लोरबाट पुगेर क्वारेन्टाइनमा बसेका उनले गएराति झुण्डिएर आत्महत्या गरेका वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलले जानकारी दिए । ‘६ गतेदेखि उनी क्वारेन्टाइनमा बसिरहेका थिए । अचानक आइतबार राति झुण्डिएर आत्महत्या गरेको अवस्था भेटिए’, उनले भने ।

वडाध्यक्ष मण्डेलका अनुसार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ आइरहेको छ । आत्महत्या गरेका युवकको आरडीटीसमेत गर्न बाँकी थियो । ति युवक बसेको क्वारेन्टाइनमा अहिले ४ जना रहेका छन् ।नेपाल समाचारपत्र दैनिकबाट

सोमबार, आषाढ ०८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया