संसद्मा विचाराधीन नागरिकता विधेयकबारे सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको निर्णयप्रति आपत्ति जनाउँदै पुनर्विचार गर्न माग गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले सत्तारूढ नेकपाको निर्णयप्रति आपत्ति जनाउँदै पुनर्विचार गर्न माग गरेको हो ।

नेकपाले शनिबार नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)को संसदीय दल बैठकले नेकपालाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । राजपा संसदीय दलका नेता महन्थ ठाकुरले नेकपा निर्णयले सामाजिक र सांस्कृतिक मूल्यमान्यतामा खलल पुग्ने तथा सामाजिक सद्भावमा समेत आघात पुग्ने भएकाले सो निर्णयप्रति आफूहरु दुःखी भएको बताएका छन् ।

‘यस्ता निर्णयले हाम्रो देशको सामाजिक र सांस्कृतिक मूल्य मान्यतामा खलल पुग्ने तथा सामाजिक सद्भावमासमेत आघात पुग्ने हुँदा सो निर्णयप्रति हामी दुःखी छौं । साथै यस निर्णयलाई पुनर्विचार गर्न जोडदार माग गर्दछौं,’ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको आजको राजधानी दैनिकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!