हिमपत डटकम
काठमाडौं,पौष-१९
आज पुस १९ गते शनिबार प्रकाशित मुख्य दैनिक पत्रिकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालयका निर्णय, नेपालका लागि चिनियाँ राजदूतको भनाइ एवं समसामयिक विषयलाई प्राथमिकता दिँदै समाचारहरु प्रकाशित भएका छन् ।
नेपालमा क्रियाशील केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आईएनजीओ) र त्यसमार्फत परिचालित गैरसरकारी संस्था(एनजीओ)मा आतंकवादी तथा विखण्डनकारी संगठनबाट लगानी भित्रिएको आशंका गर्दै त्यसको सुक्ष्म अनुसन्धान गर्न जाँचबुझ आयोगको सुझाव दिइएको छ । सरकारद्वारा गठित एक आयोगले लगानीको पारदर्शीता यकिन नभई आईएनजीओलाई ‘कार्य स्वीकृति’ नदिन पनि सिफारिस गरेको छ । एक वर्षअघि बुझाइउको प्रतिवेदन सरकारले सार्वजनिक भने गरेको छैन ।