वैदेशिक रोजगारीका लागि पुगेका छ सय नेपाली संयुक्त अरब इमिरेट्स (युएइ) बाट फर्किएका छन् । उनीहरु तीनवटा उडानमार्फत् आज फर्किएका हुन् । आज दिउँसो हिमालय एयरलाइन्सको जहाज एक सय ५१ यात्रु लिएर उत्रिएको हो । अपरान्ह फ्लाई दुबई र नेपाल एयरलाइन्सका चाटर्ड विमानहरु उत्रिएका छन् । आज फर्किएकामा गर्भवती महिला, बिरामी, आफन्त गुमेका, युएइमा रोजगारी गुमेका नेपालीहरु धेरै छन् । यसअघि हिजो र अस्ति गरी तीन सय नेपाली युएइबाट फर्किएका थिए । यसैगरी युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले असार ८, ९, १० र ११ गते पनि चाटर्ड उडानहरुमार्फत् नेपालीहरुको घर फिर्ती जारी रहने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!