आइतबार, आषाढ ०७, २०७७ || 839  पटक पढिएको

नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले विदेशी महिलालाई नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि नागरिकता दिने नेकपाको निर्णयको विरोध गरेका छन् । नागरिकता ऐन संशोधन विधेयकविरुद्धमा आइतबार जनकपुरसहित प्रदेश नम्बर २ को विभिन्न स्थलमा विभिन्न पार्टी तथा संगठनले प्रदर्शन गरेका छन् । नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दल, जनता समाजावदी पार्टी र जनमत पार्टीका नेता कार्यकर्ताले जनकपुरमा नागरिकता ऐन संशोधन विधेयकको विरुद्धमा प्रदर्शन गरेका हुन् । नेकपाले नेपाली पुरुषसँग विवाह भएको ७ वर्षपछि बुहारीलाई अंगीकृत नागरिकता दिने निर्णय गरेको छ ।

नागरिकता ऐन संशोधन विधेयकमा थप्न लागेको सो प्रस्ताव खारेज गर्न माग गर्दै प्रदर्शन गरेको छ । त्यस्तै प्रदेश नम्बर २ को वीरगञ्ज, राजविराज, जलेश्वर लगायत विभिन्न जिल्ला सदरमुकाममा नेपाली काँग्रेस, जनता समाजवादी पार्टीलगायतले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले ७ वर्षपछि बुहारीलाई दिने अंगीकृत नागरिकताको कारण विवाहबारीलगायत नेपाल भारतबीच युगौंदेखि रहेको परम्परागत रोटीबेटीको सम्बन्ध र सांस्कृतिक सम्बन्धमा केन्द्रीय सरकारले प्रहार गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!