आइतबार, आषाढ ०७, २०७७ || 861  पटक पढिएको

अन्यत्रका बेथिती,अनियमितता र अत्याचार उजागर गर्ने सञ्चारमाध्यमभित्रै श्रमजीवीहरु मारमा परेका छन् ।

पुराना र बढी तलब खाने सञ्चारकर्मी धमाधम हटाइँदैछन् भने तिनका ठाउँमा थोरै पैसामा काम लगाउन सकिने नयाँ–नयाँ मान्छे भित्र्याउन थालिएको छ ।

यसै पनि असार मसान्तभित्र दरबन्दी अद्यावधिक गर्नुपर्ने । त्यसमाथि कोभिड–१९ को महामारीका कारण सिर्जित आर्थिक मन्दीका कारण सञ्चारगृहहरु यस्तो अप्रिय निर्णयमा पुगेको बताउँछन् ।

यस्तो हुँदा देशका प्रतिष्ठित सञ्चारगृहबाट पत्रकार,प्राविधिक र प्रशासनिक कर्मचारीहरु बेरोजगार हुने सिलसिला बढेको हो ।

नयाँ पत्रिकाबाट झण्डै ४०, कान्तिपुरबाट ६०, नेपालन्युजबाट २७, उज्यालो नेटवर्कबाट ५ पत्रकार निकालिइसकेका छन् ।

त्यसै पनि बेतलबी काम गर्नुपर्ने नागरिक दैनिक,रिपब्लिकाबाट पनि पत्रकारहरु सलाम ठोक्दै हिँडिरहेका छन् ।

यही महामारीबीच एभेन्युजसहित न्युज २४ हरुले दर्जनौँ पत्रकारलाई बलपूर्वक बिदा गरेका छन् ।

सञ्चारगृहमा देखिएको यो विरक्तिलो वातावरणले देशमा फेरि एकचोटि केही युट्युबर र झोले अनलाइनहरुको बोलबाला बढ्ने,जनतामा समाचारका नाममा भ्रम बेच्ने,अशिष्टता,अमर्यादित शैली बढ्ने खतरा रहेको नेपाल पत्रकार महासंघको बुझाइ छ ।

यससँगै काम अर्थोक गर्ने,बाहिर अनलाइन मिडिया देखाएर व्यापारी तर्साउने जमात पनि सक्रिय हुने सम्भावना छ ।

तर,यही महामारीका बीच सक्नेले नकमाएका भने हैनन् ।

उज्यालो नेटवर्कले ‘कोरोना कहर’ का नाममा युनिसेफको परियोजना चलायो, ‘उज्यालो क्याप्सुल’ नामबाट ।

देशब्यापी नेटवर्क जोडिएको कायाकैरनमा स्वास्थ्य मन्त्रालयको एउटा जिङ्गल एकचोटि बजाएर ७ हजार पाउने पनि उज्यालो नै हो ।र, त्यहाँ पनि बढी तलब खानेलाई बिदा र थोरै तलब खानेलाई स्वागत गर्ने सिलसिला छ ।
साभार-जन आस्था

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!