आइतबार, आषाढ ०७, २०७७ || 735  पटक पढिएको

भारतीय वायु सेनाका प्रमुख आरकेएस भदौरियाले आपतकालीन अवस्थाका लागि भारतीय वायुसेनाले रणनीति तयार गरेको बताएका छन् । चीन र भारतबीच विवाद चलिरहेका बेला उनले यस्तो अभिव्यक्ति दिएका हुन् । चीनले भारतको लद्दाखस्थित सीमा क्षेत्रमा असामान्य गतिविधि गरिरहेको उनले आरोप लगाएका छन् । चीनको वायु सेनाको क्षमता, उनीहरुको हवाई अड्डा, प्रशासनिक अड्डा र उनीहरुको संख्याका विषयमा भारतीय सेना अवगत रहेको उनले बताए ।

हैदरावादको डुन्डीगलमा एयर फोर्स एकेडेमीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै भदौरियाले चीनको एयर बेस र नियन्त्रण रेखामा तैनाथ उनीहरुको संख्याका विषयमा भारतीय वायुसेना जानकार रहेको बताए । भारत र चीनबीच युद्ध हुनसक्छ भन्ने प्रश्नको जवाफ दिँदैं भदौरियाले भने– ‘हामी चीनसँग युद्धको स्थितिमा छैनौं । तर कुनै पनि आकस्मिक स्थितिको जवाफ दिनका लागि हामी पुरै तयार छौं । नियन्त्रण रेखाको अवस्थालाई शान्तिपूर्ण तरिकाले हल गर्नका लागि सबै प्रयास गरिएको छ ।’

गलवान उपत्यकामा मारिएका भारतीय जवानहरुको बलिदानी व्यर्थैमा खेर जान नदिने पनि उनले बताए । भदौरियाकाअनुसार केही प्रमुख एयर बेसमा भारतले आफ्ना पोस्ट विस्तार गरेको छ र आवश्यकताअनुसार वायुसेनाले उडान भर्नेछ ।

गलवान घाँटीमा १५ जुनमा चीन र भारतबीच ५ दशकयताकै सबैभन्दा ठूलो सैन्य टकराव निम्तिएको थियो । यस घटनामा भारतीय पक्षका २० जवान मारिएका थिए । त्यसयता दुई देशबीचको सम्बन्ध चिसो छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!