प्रदेश नं १ का मुख्यमन्त्री र स्थानीय तहका प्रमुखहरुले कोभिड उन्नाईसका कारण बाल वालिकाको शिक्षा र स्वास्थ्यमा पर्ने प्रभाव बिरुद्ध एकजुट भएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । मुख्यमन्त्री शेरधन राईले प्रदेशले आपतकालिन बाल उद्धार कार्यक्रमको घोषणा गरिसकेकाले अब कोहि पनि बालबालिका अफ्ठ्यारोमा नपर्ने बताउनुभयो । उहाँले आत्मनिर्भर छोरी कार्यक्रम र प्रदेश सरकारसँग बालबालिका भन्ने कार्यक्रमले बालबालिकालाई अधिकार सम्पन्न गराउने बताउनुभयो । वल्र्डभिजन इन्टरनेशनल नेपाल र सामुदायिक रेडियो प्रसारक संघले सीआईएन नेटवर्क मार्फत आज गरेकोे मुख्यमन्त्री, स्थानीय तहका प्रतिनिधी र सरोकारवालाहरुसँगको कोभिड १९ मा बालबालिका बिषयक छलफलमा उहाँले सामुदायिक रेडियो मार्फत दुर शिक्षा दिनको लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।
यस्तो विपतीको अवस्थामा बाल वालिकाको अधिकारका लागि तीनै तहका सरकार र सरकारी गैरसरकारी संस्थाबीचको सहकार्य आवस्यक रहेको गाउपालिका महासंघका उपाध्यक्ष मेनुका काफ्लेले बताउनु भयो । उहाँले बिद्यालय खाली गर्ने कुराले बिद्यार्थीहरुका लागि नकारात्मक सन्देश गएको बताउनुभयो । त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीले स्रोतको अभावमा बालबालिकाको लागि छुट्टै कार्यक्रम गर्न नसकिए पनि बालअधिकारमा नगरपालिका संवेदनशिल रहेको बताउनुभयो ।

कचनकवल गाउपालिकाका अध्यक्ष अन्जरा आलमले बालबालिकाको मृत्यूदर घटाउने कार्यक्रमलाई बजेटमा प्राथमिकता दिने बताउदै, वालविवाह रोक्ने कार्यक्रम, बिभिन्न लतमा लागेर दुरव्यसनिमा फसेकालाई बचाउने कार्यक्रमलाई प्रदेश सरकारसँग समन्वय गरेर निरन्तरता दिने बताउनुभयो । भोजपुरको सडानन्द नगरपालिकाका मेयर बिरबहादुर राईले एफएम रेडियोबाट पढाउने कार्यक्रम सुरु गरेको बताउदै बाल अधिकारको रक्षाका लागि रेडियो कार्यक्रम नै प्रभावकारी हुने बताउनु भयो । वल्र्डभिजन इन्टरनेशनल नेपालका पुस्कर खातीले प्रदेश सरकारले ल्याएको दुई कार्यक्रम, आत्म निर्भर छोरी कार्यक्रम र प्रदेश सरकारसँग बालबालिका भन्ने कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन भएमा बाल अधिकारको क्षेत्रमा धेरै सफलता हात लाग्ने बताउनु भयो । बिद्यार्थी मानवराज बरालले दुरशिक्षा कार्यक्रमको नीति स्पष्ट हुनुपर्ने बताउनुभयो । सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले बाल विवाह जस्ता कुरीतिको अन्त्य र यस्तो विपतको बेलामा बाल बालिकालाई पर्ने असरहरु कम गर्नको लागि सामुदायिक रेडियोहरु नै प्रभावकारी भैरहको बताउनुभयो । उहाँले बाल वालिकाको सवाललाई तीनै तहका सरकारसँग जोडेर समाधान गर्ने कार्यक्रम आगामि दिनमा पनि गर्दै जाने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!