आइतबार, आषाढ ०७, २०७७ || 654  पटक पढिएको

सुनसरीको कोशी गाउपालिका-७ हरिपुर स्थित भित्रीसड्क खण्डबाट दुई भारतिय नागरिक लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत सुपौल ग्राम पंचायत-१ का २० बर्षीय लक्ष्मण कुमार पासवान र सोहि स्थानका १९ बर्षीय अर्जुन कुमार पासवान रहेका छन । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिई उनिहरुको शरिर खानतलासी गर्दा कालो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा ८ ग्राम ५८० मिलिग्राम लागुऔषध ब्राउनसुगर, भारतिय रुपैया १२५०, र भारतका विभिन्न बैंकका ATM कार्ड समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गत शुक्रबार दुबै जनालाई पक्राउ गरिएतापनी अनुसन्धान पश्चात आज सार्बजनिक गरिएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!