आइतबार, आषाढ ०७, २०७७ || 804  पटक पढिएको

जिल्ला अदालत रुकुम (पश्चिम) अगाडि आइतबार विरोध प्रदर्शन भएको छ । अदालतभित्र थुनछेक बहस चलिरहँदा दिउँसो दलित अधिकारकर्मी र सर्वसाधारणले प्रर्दशन गरेका हुन् । जेठ १० गते जाजरकोटका पाँच र रुकुम पश्चिमका एक जनाको हत्या भएको दाबीसहित दलित अधिकारर्मी लगायत सर्वसाधारणले दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । आइतवार जिल्ला अदालतमा २७ जना प्रतिवादीको थुनछेक बहस चलिरहेको छ । ६ जनाको ज्यान जाने गरी भएको रुकुमको चौरजहारीस्थित सोतीमा भएको सो घटनामा संलग्न रहेको भन्दै सरकारी वकिलको कार्यालयले ३४ जना प्रतिवादी विरुद्ध मुद्दा जाहेर गरेको छ । त्यसमध्ये नवराज विककी प्रेमिका भनिएकी १७ वर्षीया युवती र उनका भाइलाई नावालक ठहर गर्दै यसअिघ नै जिल्ला अदालते सुधार गृहमा राख्ने आदेश दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!