आइतबार, आषाढ ०७, २०७७ || 666  पटक पढिएको

चालु आर्थिक वर्ष सकिनै लाग्दा महोत्तरीमा जताततै हराभरा सामुदायिक वन फाँडेर सडक बनाइँदैछन् । पछिल्लोपटक जिल्लाको बर्दिवास नगरपालिका क्षेत्रमा सघन वनक्षेत्रभित्र वनपाखा फाँड्दै, भिरालो पाखामा ठूलाठूला यान्त्रिक साधनले पाखा झारेर सडक बनाउने क्रम बाक्लिएको हो ।

आर्थिक वर्ष २०७६÷७७ सकिन लाग्दा बर्दिवास नगरपालिका–१ र ३ मा पर्ने नेवारडाँडा कामीडाँडा सामुदायिक वनक्षेत्रभित्र प्रदेशसभा–२ को संसदीय विकास कोष र क्षेत्र विकास कोषबाट प्रदेशसभा सदस्यको सिफारिसमा सडक बनाइँदै गरिएको हो । पूर्वपश्चिम राजमार्गबाट दाहाल्नी खोल्सीको छेउबाट पाखा झार्दै धमाधम सडक बनाइन थालिएपछि बर्दिवासवासी आउने बर्खेभेलमा खहरे घरघर पस्ने चिन्ताले पिरोलिएका छन् । अहिले प्रदेशसभा सदस्य शारदा थापाको सिफारिसमा रु ५५ लाख रकम विनियोजन गरेर प्रदेश सरकारले यो सडक बनाउन लागेको हो ।

वनपाखा झारेर सडक बनाइन लागिएको ठाउँबाट ५०० मिटरको दूरीमा विपी राजमार्गले बर्दिवास–३ गौरीडाँडा जोड्ने विकल्प छँदै अहिले यो दूरीभित्र ठाउँठाउँमा पाखैपिच्छे पाखा झारेर सडक बनाउन थालिएपछि बर्खामा पाखाको पहिरो झरेर घर पुर्ने चिन्ता बर्दिवासवासीलाई परेको हो । रातुपुलदेखि बिपी राजमार्गसम्मको एक किलोमिटर दूरीभित्र पाखामा रहेको वनक्षेत्रबाटै पाँचभन्दा बढी ठाउँबाट बाटो बनेका छन् । “पोहोरको बर्खामा खहरेले घरका आँगनआँगन र कोठाचोटासम्म गेग¥यान थुपारेको बिर्सिएछन् क्या र !” सडक बनाइँदै गरेका ठाउँमा खहरेभेलको चिन्ताले पिरोलिएकी एक ७० वर्षीया वृद्धाले भन्नुभयो, “लु न बाबु यिनलाई जथाभावी वन मासेर सडक खन्न नहुने कुरा सम्झाइदिनुप¥यो ।”

बर्दिवासको मुख्य बजारक्षेत्र रातु नदीको पुलदेखि भब्सी नदी पुलसम्मको करिब तीन किलोमीटर क्षेत्रभित्रको उत्तरतर्फको पाखामा अहिले नेवारडाँडा कामीडाँडा, चिहानडाँडा र रातमाटासमेत तीन सामुदायिक वनक्षेत्र छन् । यीमध्ये ५८ हेक्टर क्षेत्रफलको नेवारडाँडा कामीडाँडा वन क्षेत्रमा सडक बनाउने विकासे योजनाको नाममा ठूलाठूला यन्त्र लगाएर सघन वन क्षेत्र फाँडिएको छ । यो वन क्षेत्रको दाहाल्नी खोल्सी छेउबाटै बर्दिवास–३ को गौरीडाँडास्थित वनकै अतिक्रमित क्षेत्र पस्न प्रदेश सरकारले वनपाखा खसालेर सडक बनाउन रु ५५ लाख विनियोजन गरेर काम थालेको हो । यसअघि गत वर्ष पनि प्रदेशसभा–२ सदस्य शारदा थापाको सिफारिसमा यो सडक बनाउने योजनामा करिब रु सात लाख खर्च गरेर वन क्षेत्रका रुख ढालिएको थियो ।

“वनक्षेत्रबाट झरेका खोल्सी साँघु¥याएर संरचनाहरु निर्माण गरिँदा प्रत्येक वर्षजसो बर्खेभेल घरघर पस्ने गरेको छ”, बर्दिवास–१ का सामाजिक कार्यकर्ता शङ्कर फुँयाल भन्नुहुन्छ, “अब त विकासका नाउँमा ठूलाठूला यन्त्र लगाएर वनपाखा झारिएको छ, आउँदा दिन अझ कति भयावह हुनेहुन् ?” वन क्षेत्र छिचोलेर पाखाभित्ता भत्काउँदै सडक संरचना बनाइँदा पनि वनसम्बद्ध कार्यालय, स्थानीय प्रशासनको मौनता भने टिठलाग्दो देखिएको पुmँयालको थप गुनासो छ ।

वन क्षेत्रमा अत्यावश्यक कुनै विकास संरचना बनाउँदा त्यसको वातावरणीय प्रभावबारे अध्ययन, सम्बन्धित विज्ञको ठहर र वनसम्बद्ध कार्यालय एवं स्थानीय तहबीच आवश्यक समन्वय गरिनुपर्नेमा यहाँ ‘मुडे बल’ प्रयोग भएको आम टिप्पणी छ । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले वन क्षेत्र चिर्दै बनाइँदै गरिएको सो सडकबारे आपूmसँग कुनै समन्वय नभएको बताउनुभएको छ । यसैगरी डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले वन क्षेत्र चिरेर बनाइने संरचनाका लागि आपूmले कुनै सहमति दिन नसक्ने र यसबारे आफ्ना उपल्लो तहमा जानकारी गराउने सञ्चारकर्मीलाई बताउनुभएको छ । “मैले वनपाखा झारेर सडक बनाइन थालेपछि सडक निर्माण उपभोक्ता समितिका अध्यक्षलाई लिखितपत्र नै दिएर काम रोक्न आग्रह गरेँ”, डिभिजन प्रमुख साहले भन्नुभयो, “तर प्रदेशसभा सदस्यले सिफारिस गर्नुभएको सो काम रोकिएन, यसबारे आवश्यक कारवाहीका लागि उपल्लो तहमा समन्वय गर्दैछु ।” वन क्षेत्रमा विकासकै काम गरिँदा पनि आपूmहरुसँग हुनपर्ने समन्वय कसैले नगरिदिएको साहको थप गुनासो छ ।

बर्दिवास–३ गौरीडाँडाको सोह्रबिघा भनिने वन अतिक्रमण क्षेत्रमा पहुँचवाला ठूलाठालुले जग्गा साँध सीमा लगाएर कज्याएका हुँदा सो प्लटको भोगचलन सजिलो बनाउन वन फाँड्दै सडक योजना बनेको यहाँका सर्वसाधारण बताउँछन् । नेवारडाँडा कामीडाँडा सामुदायिक वनको सोह्रबिघा भनिने पाँच नम्बर प्लटभित्र करिब पाँच हेक्टर क्षेत्रफल अतिक्रमण गरी १०० भन्दा बढीले साँधसीमा गरेको डिभिजन वन कार्यालय महोत्तरीले गत चैतमा गरेको नापीमा देखिएको यसअघि नै डिभिजन प्रमुख साहले बताइसक्नुभएको छ ।

यता प्रदेशसभा सदस्य थापा भने बर्दिवास–१ र ३ बीच आवागमन सहज बनाउन स्थानीयवासीकै मागअनुसार सडक योजनामा आपूmले रकम विनियोजनका लागि सिफारिस गरेको बताउनुहुन्छ । पहिलेदेखि नै सडक आकार रहेको ठाउँमा आपूmले सिफारिस गरेको सडक योजनाले वन क्षेत्रका रुख नढालेको थापाको भनाइ छ । यद्यपि वनसम्बद्ध कार्यालयसँग निरन्तर समन्वय भने हुन नसकेको थापाको स्वीकारोक्ति छ ।

बर्दिवासमा वन अतिक्रमण क्षेत्रको जग्गा कज्याउनेहरुले भोगचलन सहज बनाउन र अतिक्रमित क्षेत्रमा घर संरचना बनाउने काम सुगम बनाउन वन फाँडेर सडक बनाएको आरोप बढेपछि प्रदेशसभा–२ को प्राकृतिक स्रोत साधन समितिका सभापति रामचन्द्र मण्डलसहित विज्ञ टोलीले स्थलगत अनुगमन गरेको छ । “हामीले वन क्षेत्रमै बनाइएको सडक र सोह्रबिघा भनिने प्लटको अनुगमन गरेका छौँ”, सभापति मण्डलले सञ्चारकर्मीसँग भन्नुभयो, “वन क्षेत्र अतिक्रमण र सडक निर्माणबारे विज्ञहरुबीच छलफल गरेर देखिएको अवस्थाबारे प्रदेशसभा र अन्य सम्बद्ध पक्षलाई जानकारी गराउने छौँ ।”

बर्सेनि वन क्षेत्रमा अतिक्रमण बढ्दै जानु र अतिक्रमण नियन्त्रणमा तीनै तहका सरकार र निकाय उदासीन देखिनुले आम जनतामा वन सुरक्षाबारे थप चिन्ता बढेको यस भेगका सर्वसाधारण बताउँछन् । वनपाखाको सुरक्षासँग बस्तीको भविष्य जोडिएको हुँदा यसबारे सम्बद्ध पक्षले चासो बढाउन आवश्यक भएको बर्दिवास–१ का वडासदस्य नीरज अधिकारी बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!