सत्तासीन नेकपा विदेशी बुहारीलाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निचोडमा पुगेको छ। नेकपा सचिवालयको शनिबार बसेको बैठकले विदेशी ज्वाइँलाई भने नागरिकता दिने प्रस्ताव अस्वीकृत गरेको छ।

संसद्को राज्यव्यवस्था समितिमा विचाराधीन नागरिकता संशोधन विधेयकमाथि दलीय सहमति नजुटेपछि नेकपाले सचिवालय बैठक बोलाएको थियो। नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्काल नागरिकता दिने कि समयसीमा राख्ने भन्नेमा समितिमा विवाद छ।

‘नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगीकृत नागरिकताको प्रावधानबारे छलफल गरेर निष्कर्ष निकाल्यौं’, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि, विदेशको नागरिकता परित्याग गर्ने प्रक्रिया चलाएको प्रमाण पेस गरेपछि सम्बन्धित व्यक्तिले अंगीकृत नागरिकता पाउनु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालेको छ।’ नागरिकता प्राप्त नगर्दासम्मको अवधिका लागि सामाजिक, आर्थिक, सांस्कृतिक अधिकार प्राप्त गर्न आवासीय परिचयपत्र दिनुपर्ने नेकपाको निर्णय छ।

विपक्षी कांग्रेस र मधेसकेन्द्रित दल भने अन्तरिम संविधानअनुसार नै आफ्नो देशको नागरिकता त्यागेको कारबाही चलाएलगत्तै विदेशी बुहारीले नागरिकता पाउनुपर्ने अडानमा छन्। नेकपाले अन्तरिम संविधानको व्यवस्था सच्याएर सात वर्ष हुनुपर्ने निर्णय गरेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!