आइतबार, आषाढ ०७, २०७७ || 583  पटक पढिएको

नेपालले भारत र चीनलाई सीमा समस्या शान्तिपूर्ण रूपमा सुल्झाउन सुझाव दिएको छ। लद्दाखको गलवान उपत्यका क्षेत्रमा बल्झिएको सीमा समस्याबारे शनिबार नेपालले औपचारिक प्रतिक्रिया दिएको हो। समस्या समाधान गर्न दुवै देश सक्षम रहेको विश्वास नेपालले व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गरी नेपालले द्विपक्षीय, क्षेत्रीय, विश्व शान्ति र स्थायित्वका लागि असल छिमेकीपनका आधारमा विवाद सल्टाउन आग्रह गरेको हो।

भारतीय र चिनियाँ सेनाबीच सोमबार राति झडप हुँदा भारतीय सेनाका अधिकृतसहित २० जनाको मृत्यु भएको थियो। उक्त घटनाप्रति संयुक्त राष्ट्रसंघलगायत निकायले पनि चिन्ता व्यक्त गर्दै दुवैलाई अधिकतम संयम अपनाउन आग्रह गर्दै आएको अन्नपूर्ण पोस्ट् दैनिकले खवर छापेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!