हिमपत डटकम
नुवाकोट,पौष-१८

स्थानीयको अवरोध आएपनि नुवाकोटको बन्चरे डाँडामा ल्याण्डफिल्ड साइडको निर्माण नरोकिने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । शुक्रबार नुवाकोटको बन्चरे डाँडामा निर्माण भइरहेको ल्याण्डफिल्ड साइडको अनुगमन तथा निरिक्षण गर्ने क्रममा विभागका उपमहानिर्देशक पद्म मैनालीले स्थानीयको अवरोध भएपनि निर्माण कार्य नरोकिने बताएका छन् । उनले ल्यान्डफिल्ड साइड निर्माणमा स्थानीयको कुनै अवरोधन नहुने र आगामी फागुनको पहिलो साता सम्ममा पूर्वाधार निर्माणको सम्पूर्ण काम सकिने बताएका हुन् । छिटो काम गरी वैज्ञानिक ल्याण्डफिल्ड साइड हो भन्ने नदेखाउँदा सम्म विरोध भइरहने समेत उनले बताए ।बन्चरे डाँडाँमा काठमाडौं उपत्यकाको २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुने छ । त्यसका लागि नेप वेष्ट प्रालि. ले नुवाकोटको बन्चरेडाँडामा ल्याण्डफिल्ड निर्माणको काम गरिरहेको छ । नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिएपनि १४ वर्ष सम्म फोहोर व्यवस्थापन गरिँदा ल्याण्डफिल्ड साइड भरिएको छ ।त्यसैले बन्चरेडाडाँमा पनि त्यही समस्या दोहोरिने आशंका स्थानीयले गरेका छन् । निरीक्षणका क्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीयको माग जायज भएकाले सम्बोधन गरेर मात्रै फोहोर व्यवस्थापन गरिने बताए । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्थानीय समस्याको समाधान नगरी काम गर्न नसकिने भएकाले कार्यतालिका बनाएर काम गर्न आफुहरु तयार रहेको बताए ।बन्चरेडाडाँमा ल्याण्डफिल्ड साइड निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर स्थानीयले विकासका पूर्वाधारहरु आफुहरुसम्म नपु¥याउँदा सम्म अझैपनि फोहोर व्यवस्थापन गर्न नदिने बताएका छन् । त्यसैले ल्याण्डफिल्ड साइडमा पूर्वाधारको निर्माण भएपनि फोहोर व्यवस्थापनमा अवरोध हुने सम्भावना भने उत्तिकै छ । यो समाचार आजको रतोपतीमा छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!