शनिबार, आषाढ ०६, २०७७ || 1073  पटक पढिएको

गुल्मीमा पहिरोले जीप पुर्दा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन ।जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर तीन हाडहाडेमा उक्त घटना घटेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले जानकारी दिनुभयो ।अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो । जीपमा ६ जना सवार रहेको बताईएको छ ।

जीपमा सवारमध्ये अन्दाजी वर्ष १८ धुर्कोट गाउँपालिका–३ का तुल्सीराम काउछाको मृत्यु भएको छ । त्यस्तै गम्भीर घाइते हुनेमा सोही स्थानकै चालक प्रदीप पुन र रमेश राना रहेका छन ।

उनीहरुलाई उपचारको लागि सन्धिखर्क पठाईएको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरीक्षक पंकज चुदालीले जानकारी दिनुभयो ।

अन्य ३ जना केशव काउछा, खिम बहादुर काउछा र विशाल काउछाको अवस्था सामान्य रहेको बताइएको छ

साभार-https://www.news24nepal.tv/

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!