चीन र अस्ट्रेलियाबीचको सम्बन्ध कहिले पनि समधुर हुन सकेन । पछिल्लो ६ महिनामा चीन र अस्ट्रेलियाको विवाद सार्वजनिक भएको छ ।

अस्ट्रेलियाले नोभेल कोरोना भाइरसको उत्पत्तीका बारेमा स्वतन्त्र छानबिन गर्न माग गरेको छ । तर, चीनले भने आर्थिक विसंगती उत्पन्‍न गराउने, अस्ट्रेलियन जौमा कर बढाउने र चार मुख्य अस्ट्रेलियन निर्यातकर्तामार्फत बिफको निर्यातमा प्रतिबन्ध लगाउने धम्की दिएको छ ।

कोरोना महामारीका कारण एसियनहरुमाथि जातीय आक्रमण बढेको भन्दै चिनियाँ विद्यार्थीहरु र यात्रुहरुले अस्ट्रेलिया छोड्न थालेपछि चीनले यस्तो धम्की दिएको थियो ।

पछिल्लो अध्ययनले अस्ट्रेलियामा जातीय विभेदका कारण दुर्व्यवहार, शारीरिक यातना र धरपकडहरु बढेको तथ्य सार्वजनिक गरेको थियो ।

अस्ट्रेलिया र चीनबीच वाक युद्ध चलिरहेका बेला भारत-चीनका सेनाबीच पनि हिमालय क्षेत्र लद्दाखमा तनाव सिर्जना भएको छ ।

सामान्य घटनाहरु भइरहे पनि पछिल्लो केही दिनयता भारत-चीनबीचका सेनाबीच हिंसात्मक झडप हुँदै दुबैतर्फका सेनामा क्षति पुगेको छ भने केही घाइतेसमेत भएका छन् । भारतले उक्त क्षेत्रमा आफ्नो भूमिको सुरक्षाका लागि हजारौं सेना परिचालन गरेको छ ।

चीनले आफ्ना छिमेकीसँगको सम्बन्धलाई धक्का दिएर क्षेत्रीय सहकार्यको अवधारणालाई बेवास्ता गरिरहेका बेला गत साता भारत-अस्ट्रेलियाबीच ‘बृहत रणनीतिक साझेदारी’ गर्ने सहमति भएको छ । दुबै मुलुकबीच इन्डो-प्यासिफिक क्षेत्रमा मेरिटाइम ‘को-अपरेसनका लागि साझा विचार’ राख्‍ने संयुक्त घोषणापत्र जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!