नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव खनालका अनुसार केही पहिरो पन्छाउँदै बेलाबेलामा एकतर्फी सवारी आवागमन गरिएको भए पनि पूर्णरुपमा पहिरो पन्छाएसँगै दुईतर्फीरुपमा सवारी आवागमन भएको हो । निरन्तर पानी परेपछि पहिरो खस्दा समस्या भएको थियो ।

पहिरोले सडकको ४५ मिटर लामो भाग ढाकेको थियो । दुवैतर्फबाट लोडरले पहिरो पन्छाइएको हो । सडकको छेउमा पाइप पन्छाउन बाँकी रहेको भए पनि सहजरुपमा दुईतर्फी आवागमन पुनः सञ्चालन भएको खनालले जानकारी दिए। पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए । सडक दुईतर्फी सञ्चालनमा आएसँगै सवारी गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!