शुक्रबार, आषाढ ०५, २०७७ || 756  पटक पढिएको

कसरी जवान र स्मार्ट बन्न सकिन्छ त हामिले २० वटा तरिकाहरू प्रस्तुत गरेका छाैँ

१. दाँतलाई सधैँ सेतो राख्नुहोस् । राम्रो टुथपेस्ट प्रयोग गर्नुहोस् । चम्किलो र सेतो दाँतले तपाईंलाई हँसिलो र युवा देखाउँछ ।
२. हरेक दिन अनुहार, हात र घाँटीमा मोइस्चराइज गर्नुहोस् । त्यसले तपाईंको छालालाई ताजा र स्वस्थ देखाउँछ ।

३. हेयरस्टायललाई सधैँ नयाँ लुक दिनुहोस् । तपाईंले १० वर्षअघि जस्तो हेयर स्टाइल बनाउनुहुन्थ्यो, अहिले पनि त्यस्तै बनाउनुहुन्छ भने सोच्नुहोस् र परिवर्तन हुर्नुहोस् । फेसन र स्टायल परिवर्तन भइरहन्छन् । तर, धेरै मानिस आफ्नो जीवनको अधिकांश समय पुरानै हेयरस्टायलमा रमाउँछन् । हेयरस्टाइलमा परिवर्तन गर्दा तपाईं भर्खरको मात्रै देखिनुहुन्न, आफ्नो आत्मविश्वास पनि बढेको अनुभव गर्नुहुनेछ ।
४. शरीरमा सुगरको मात्रा बढ्यो भने समस्या धेरै आउँछ । चाउरीपन बढ्ने खतरा रहन्छ । त्यसैले सुगरको मात्रा कम गर्नुहोस् ।

५. भिटामिन सीयुक्त खानेकुरा पर्याप्त खानुहोस् । तपाईंको दैनिक खाद्यान्नमा ७५ एमजीबराबर भिटामिन सी समावेश हुनु आवश्यक छ । दुईवटा मध्यम साइजका सुन्तलामा योबराबर मात्रा पाइन्छ । तपाईंको उमेर र तौल हेरेर भिटामिन सीको प्रयोग योभन्दा बढी पनि गर्नुपर्ने हुन सक्छ । यसले चाउरीपन बढ्नबाट जोगाउँछ ।
६.तपाईंको आँखीभौँ भ’द्दा र गलत सेपको छ भने त्यसलाई ट्रिम गरेर नयाँ लुक दिनुहोस् । तपाईं आफ्नो उमेरभन्दा केही कम देखिनुहुनेछ ।

७. चिया र कफीले तपाईंको दाँतमा असर गरिरहेका हुन्छन् । त्यसैले यसको सेवन कम गर्नुहोस् ।
८. तपाईंको खुट्टा र हातले पनि तपाईंको उमेरमा फरक पार्छ । त्यसैले हात–खुट्टा सधैँ सफा र टिपटप राख्नुहोस् ।
९. नियमित आँखाजाँच गर्नुहोस्, किनकि तपाईंले थाहा नपाई तपाईंको आँखाको शक्ति बिस्तारै कम हुँदै गएको हुन सक्छ ।

१०. तपाईंको छालामा खैरो दाग तथा चाया, पो’तो देखिएको छ भने त्यसको प्राकृतिक उपचार सुरु गर्नुहोस् । कागतीको जुसमा हल्का पानी मिसाएर प्रयोग गर्न सक्नुहुन्छ । कागतीले ब्लिचको काम गर्नुका साथै बिस्तारै तपाईंका दागहरूलाई कम गर्दै लैजान्छ ।
११. लाइट कलरको आइस्याडो लगाउँदा तपाईंको आँखा चम्किलो देखिन्छ । यसले तपाईंलाई भर्खरको देखाउँछ ।

१२. लाइट कलरका पोसाकले तपाईंलाई भर्खरको देखाउँछ । कपडाको चयन गर्ने विषय तपाईंको व्यक्तिगत हो । कपडा छान्दा आफूलाई कस्तो सुहाउँछ, त्यही आधारमा छान्नुहोस् ।
१३. सुत्ने वेलामा मेकअप हटाउनुहोस् । स्वस्थ रहन र ब्लक भएका पोर्सहरू खोल्न पनि मेकअप हटाउनु जरुरी छ । दिनभरि तपाईंको छालामा जम्मा भएका प्रदूषण मेकअप नपुछेको खण्डमा जस्ताको तस्तै रहन्छन् र तपाईंको छालालाई ड्या’मेज गर्छन् ।

१४. जवान देखिने अर्को उपाय हो, प्राकृतिक उत्पादनहरूको प्रयोग । ओलिभ, नरिवल, स्विट आल्मन्डलगायत तेलले राम्रो मोइस्चराइजर, क्लिन्सर र अलराउन्ड ब्युटीको काम गर्छन् ।
१५. जवान हुनु भौतिक कुरा मात्रै होइन, सोचाइको कुरा पनि हो । तपाईंले आफूलाई जवान महसुस गर्नुभयो भने अरूले पनि तपाईंलाई त्यस्तै व्यवहार गर्छन् । तपाईंलाई जवान देखिनका लागि सर्जरीकै आवश्यकता छ भन्ने होइन । स’र्जरी गरिसकेपछि पनि तपाईंको विचार पुरानै रह्यो भने तपाईं जवान रहनुहुन्न ।
१६. निद्रा पूरा गर्नु जरुरी छ । यसो गर्दा तपाईंको शरीरले आराम र पुनर्ताजगी पाउनेछ । निद्राको कमीले मानिसलाई चाँडै बुढ्यौलीर्फ लैजान्छ । त्यसैले दैनिक ८ घन्टा सुत्नुहोस् ।

१७. पर्याप्त पानी सेवन गर्नुहोस् । पानीको कमीले तपाईंको छाला र कपाललाई उमेरभन्दा बढी देखाउँछ । यस्तो समस्याका साथै विभिन्न रोगबाट बच्नका लागि पनि पर्याप्त पानी आवश्यक पर्छ । त्यस्तै, पानी तपाईंको तौल घटाउनमा पनि सहायकसिद्ध हुन्छ ।
१८. उमेर बढ्दै जाँदा मानिसको हाँसो कम हुँदै जान्छ । सामान्य हाँसो र सकारात्मक सोचले तपाईंको अनुहारमा ठूलो परिवर्तन ल्याउँछ । हाँसोले तपाईंको अनुहारका नसालाई आराम दिन्छ र चिउरीपन कम गर्छ । त्यसैले, तपाईं युवा हुँदा जुन स्पिरिटमा हाँस्नुहुन्थ्यो, त्यसरी नै हाँस्नुहोस्, खुसी रहनुहोस् ।

१९. परफ्युम र वडीस्प्रे छनोट गर्दा ध्यान दिनुहोस् । केही परफ्युम यस्ता हुन्छन्, जसको सुगन्धबाट मानिसले तपाईंलाई भर्खरको ठान्नेछन् ।
२०.लिपस्टिक छनोट गर्दा ध्यान दिनुहोस् । विनामेकअपमा डार्क लिपस्टिक प्रयोग गर्दा तपाईं उमेरभन्दा बढीको देखिनुहुन्छ भने लाइट लिपस्टिक प्रयोग गर्दा भर्खरको । त्यसैले चम्किलो र लाइट लिपस्टिकको प्रयोग गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!