शुक्रबार, आषाढ ०५, २०७७ || 600  पटक पढिएको

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आवश्यक सुझाव दिन आग्रह गर्नुभएको छ ।सामाजिक विकास समितिले आज विज्ञ र सरोकारवालासँग गरेको छलफलमा उहाँले समिति र मन्त्रालयलाई विधेयकमा छुटेका विषय समेट्ने गरेर सुझाव दिन आग्रह गर्नुभयो । पारित गर्ने विधेयक तत्कालै संशोधन गर्नुनपर्ने गरी प्रभावकारी बनाउन विज्ञ र सरोकारवालाले लिखित र मौखिकरुपमा सुझाव दिन उहाँको भनाइ थियो ।

विधेयकका धेरै कुरा नियमावली, कार्यविधी, मापदण्डबाट प्रष्ट हुने बताउँदै अहिले छोटकरीमा समेट्न सक्ने गरेर छुटेका विषयमा सुझाव दिनु पर्ने मन्त्री सुवेदीको भनाइ छ । सामाजिक विकास समितिका सभापति कुन्ती जोशीले सो विधेयकबारे निरन्तर विज्ञ र सरोकारवालासित छलफल गरी आएको सुझावलाई विधेयकमा समेट्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!