शुक्रबार, आषाढ ०५, २०७७ || 608  पटक पढिएको

भारतीय सेना र चिनियाँ सेनाका बीचमा भएको भिडन्तका क्रममा भारतीय सेना तर्फका कोही पनि बेपत्ता नभएको भारतीय सेनाले जनाएको छ । केही दिन अगाडी भएको भिडन्तका क्रममा केही भारतीय सैनिकहरु बेपत्ता भएको भनिएको विषयमा भारतीय सेनाले बिहीबार स्पष्ट पार्दै आफ्नो तर्फका कोही पनि सम्पर्कबिहिन नरहेको जानकारी दिएको हो । यही जुन १५ र १६ तारिखमा लदाखको गल्वान उपत्यकामा दुई देशका सैनिकहरुका बीचमा भिडन्त भएको र भारत तर्फका कम्तीमा २० सैनिकको मृत्यु भएको थियो । भारतीय सेनाद्धारा जारी वक्तव्यमा लेखिएको छ, “न्युयोर्क टाइम्सले चीन र भारतका बीचमा भएको झडपका क्रममा केही भारतीय सैनिकहरु बेपत्ता समेत भएको भनेर यही जुन १७ मा समाचार लेखेपनि भारतीय सेनाका कोही पनि बेपत्ता नभएको स्पष्ट पार्न चाहन्छौँ ।” झडपका क्रममा कर्णेल तहका सैन्य अधिकारीसहित भारतीय सैनिक तर्फका कम्तीमा २० सैनिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!