बिहिबार, आषाढ ०४, २०७७ || 1169  पटक पढिएको

कोरोना भाइरसबाट जोगिनकालागि सावधानी अपनाउनुपर्नेमा कोरोना भाइरसलाई पूजा क्रम अझैं रोकिएको छैन ।
अनावश्यक भ्रम र हल्लाका पछाडि लागेर महिलाहरु कोरोना पूजा गर्ने लागेको पाईएको हो । यसै क्रममा इनरुवा गाउँका महिलाहरुले बुधबार कोरोनाको पूजा गरेका छन् । स्थानीय सञ्चारकर्मी एवम् कलाकर्मी कमल मण्डलका अनुसार एक वृद्ध सपनामा आएर आफु कोरोनाको हजुरआमा भएको भन्दै दही, चिउरा, लडु केरा चढाएमा गाउँमा रोग व्याधी नलाग्ने हल्लाको पछाडि लागेर महिलाहरु पूजाआजामा जुटेका छन् ।
स्थानीयवासिन्दालाई सम्झाउँदा पनि केही जोर नचलेपछि आफु समेत उक्त कार्यमा आर्थिक सहयोग गरेको उनले सामाजिक सञ्जालमा लेखेका छन् । आफुले हल्ला कहाँबाट आएको हो भनी खोजी गर्दा पत्ता नलागेको मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!