बिहिबार, आषाढ ०४, २०७७ || 715  पटक पढिएको

सादा पोशाकको प्रहरी हुँ भन्दै ब्यापारीहरुसंग रकम असुली गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । जिल्लाको हरिनगर गाउँपालिका-२ मा रहेका केही ब्यापारीहरुलाई बिभिन्न डर त्रास देखाई गैह्र कानूनी रुपमा रकम असुली गरिरहेको भन्ने सूचना प्राप्त भएसंगै मंगलवार दिउँसो प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले हरिनगर गाउँपालिका-५ का २३ बर्षीय असरार अहमद मियालाई पक्राउ गरेको हो । यसरी प्रहरीको बदनाम गरी स्थानीय ब्यापारीहरुसंग गैह्र कानूनी तवरले रकम असुली गर्ने मियाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!