प्रधानसेनापति पूर्णचन्द्र थापा बुधबार कालापानी क्षेत्रमा पुगेका छन् । उनले छाँगरुको सुरक्षा बेस क्याम्प नीरिक्षण गरेका थिए ।

थापाले नेपाली सेनाले ब्यास गाउँपालिका २ घाटीबगडमा गोरेटो बाटो निर्माण गरिरहेको अनुगमन समेत गरेका थिए । ९ जेठबाट ब्यास जोड्ने बाटो निर्माण शुरु भएको हो । यसको असारभित्रै निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । घाँटीबगड देखि मौर्याभिरसम्मको कठिन भुगोलमा ४ सय मिटरको बाटो निर्माण भइरहेको हो ।

यसैगरी, सशस्त्र प्रहरीको छाँगरुमा बिओपी रहेको छ । सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले त्यसको अनुगमन गरेका थिए । उनले दार्चुलाको खलंगामा निर्माण भएको सशस्त्र प्रहरी नम्बर ५० गुल्मको उदघाटन गरेका थिए ।

यसैगरी, प्रधानसेनापति पूर्ण चन्द्र थापा सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालसहित कालापानी क्षेत्र पुगेकोमा भारतले चासो देखाएको छ । भारतीय सुरक्षा निकायले यसलाई नजिकबाट नियालेको बुझिएको छ । भारतीय सञ्चारमाध्यमले थापा र खनाल कालापानी क्षेत्रमा पुगेको विषयलाई प्रकाशन तथा प्रशारण गरेका छन् । इन्डियन एक्सप्रेसले आज नेपालको राष्ट्रियसभाले नेपालको नयाँ नक्शा समेटेको निशान छाप अनुमोदन गर्न संविधान संशोधन प्रस्ताव पारित गर्नै लाग्दा सेनापति सशस्त्रका आइजीपीसहित कालापानी नजिकैको छाँगरुमा पुगेको भनेको छ ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भुभाग समेटेर नेपालले नयाँ नक्शा जारी गरेपछि भारत असन्तुष्ट रहँदै आएको छ । संसदबाटै यसको अनुमोदन प्रक्रिया बढेपछि भारतले वार्ताको वातावरण बिग्रिएको सन्देश दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!