बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड उद्योगमा नातावाद र पक्षपात विषयको चर्चा चुलिएको । सोसल मिडियामा केही बलिउड सेलिब्रिटीदेखि सर्वसाधारणले करण जोहार, आलिया भट्ट, सलमान खान र उनको परिवारका सदस्यमाथि निशाना साँधेका छन् । दिवंगत नायिका जिया खानकी आमाले पनि एउटा भिडियो सेयर गर्दै सुशान्तको निधनमा दुःख व्यक्त गरेकी छिन् । यस्तै उनले सलमानमाथि संगीन आरोपसमेत लगाएकी छिन् ।

जिया खानकी आमा राबिया खान अमिनले एक भारतीय मिडियालाई लण्डनबाट एउटा भिडियो सेयर गरेकी छिन् जसमा उनले भनेकी छिन्, ‘मेरो समवेदना सुशान्त सिंह राजपूतको परिवारप्रति छ । यो खबर हृदयविदारक छ । यो कुनै मजाक होइन । बलिउड अब ब्यूँझने र परिवर्तन हुनुपर्ने बेला आएको छ । बलिउडले जे गर्दै आएको छ, अब त्यस्तो गर्न बन्द गर्नुपर्छ । कसैको खुट्टा तान्नु पनि एकप्रकारको हत्या गर्नु जस्तै हो ।’

राबियाले आफ्नो यो भिडियोमा सलमान खानमाथि संगीन आरोप लगाउँदै भनिन्, ‘अहिले जे भयो, त्यसले मलाई सन् २०१५ को याद दिलायो । त्यतिबेला म एक सिबिआई अधिकारीलाई भेट्न गएकी थिएँ । ती अधिकारीले मलाई केहि महत्वपूर्ण प्रमाण भेटिएको भन्दै लण्डनबाट बोलाएका थिए । त्यहाँ पुग्दा उनले आफूलाई सलमान खानको फोन आउने गरेको बताए । सलमानले उनीसँग पैसाको कुरा गरेको पनि सिबिआई अधिकारीले मलाई बताए । सलमानले सिबिआइलाई ती केटासँग सोधपुछ नगर्न भनेछन् । सिबिआईले मलाई ‘त्यो केटालाई नछुन भनेका छन्, अब भन्नुहोस् म्याडम, के गरौं’ भनेर सोधेका थिए ।’

राबियाले थपिन्, ‘सिबिआई अधिकारी पनि यस्ता कुराबाट चिन्तित भएको देखिन्थे । त्यसपछि मैले यो मुद्दालाई दिल्लीको उच्चाधिकारीसम्म पुर्याएँ । यदि तपाईं पैसा र पावरबाट अनुसन्धानलाई प्रभावित पारिरहनुभएको छ भने मलाई थाहा छैन एक नागरिकको रुपमा हामी कुन दिशामा गइरहेका छौं । म यो मात्र भन्न चाहन्छु कि अब जाग्ने बेला आएको छ, लड्नुहोस्, बलिउडको यो विषालु व्यवहार समाप्त गर्नुहोस् ।’

स्मरण रहोस्, सन् २०१३ जून ३ मा जिया खानले २५ वर्षको उमेरमा आत्महत्या गरेकी थिइन् । जियाको मृत्युको कारण अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । आदित्य पञ्चोलीका छोरा सुरज पञ्चोलीमाथि जियालाई मृत्युका लागि उक्साएको आरोप लाग्यो । यो मामिलामा सुरज पञ्चोलीलाई जेल सजाय पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!