खबर ठुलो छ

सरकार चलायमान रहेको सिम्बोलिक सन्देश दिनेगरी वर्षे अधिवेशनपछि मन्त्रीमण्डल पुनर्गठनको तयारी छ । प्रधानमन्त्री झैँ अध्यक्ष प्रचण्ड पनि मन्त्रीमण्डलका एकाध सदस्यलाई तत्काल फिर्ता बोलाउनुपर्ने दबाबमा हुनुहुन्छ । ऐन मौकामा आफ्नो आग्रह अवज्ञा गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई दाहालले हटाउनुपर्ने इज्जतको सवाल बनेको अवस्था छ । तर,दुबै जना सरकारमा गएदेखि नै प्रधानमन्त्री ओलीको इच्छाअनुसार चलिरहेकोले उहाँहरुको नियति के हुन्छ यकिन छैन ।

पहिलो लटमा मन्त्री बनेका सबैलाई फिर्ता बोलाउने मापदण्डमा अध्यक्षद्वय सहमत हुनसक्ने बताइएको छ । उक्त मापदण्ड अपनाउँदा ओली र दाहाललाई ‘सर्प मर्ने, लठ्ठी पनि नभाँचिने’ सिद्धान्त सम्झाउन सहज हुने छ । प्रधानमन्त्रीलाई पनि खानेपानी मन्त्री तथा अध्यक्ष दाहालकी बुहारी बीना मगरलाई जसरी पनि हटाउनु छ । तर,मगरलाई मात्र हटाउन पनि अवस्था सहज छैन ।

पहिलो लटमा मन्त्री बनेका सबैलाई फिर्ता बोलाउने मापदण्डमा टेक्दा बादल,वीना र अर्थमन्त्री युवराज खतिवडा सबैजसो मन्त्रीमण्डलबाट एकैचोटी सफाया हुने सम्भावना छ । त्यसपछि वामदेवलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय लिने अफर छ ।

पुनर्गठनमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउँदा गिरिराजमणि पोखरेल पनि हट्नेछन् । साथै,श्रेष्ठलाई मन्त्री बनाएपछि सचिवालयमा प्रधानमन्त्री निकट सदस्यहरूको संख्या स्थायी रूपमा पाँच जना बन्ने बुझाई छ । तर,एमसीसी बाहेकका मुद्दामा बादलले पनि आगामी दिनमा प्रधानमन्त्रीलाई नै साथ दिने आँकलन गरिएको छ । वामदेव गौतमलाई बालुवाटारले प्रधानमन्त्रीपछिको वरियतामा रहनेगरी जुनसुकै मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरेको सन्दर्भ गतसाता नै बाहिर आइसकेको छ । यद्यपि यो काम संबैधानिक हिसाबले सहज नहुने स्थिति आफ्नो ठाउँमा बिध्यमान छदैछ !

असार १५ गतेभित्र संसदले पास नगरेमा भोलिपल्टदेखि एमसीसी लागू हुनसक्दैन । त्यसैगरी,कोरोना र लकडाउनका कारण आगामी आर्थिक वर्षको बजेट पारित भएपछि संसदको वर्षे अधिवेशन लम्ब्याउनुपर्ने बिजनेश पनि केही देखिँदैन । तसर्थ, सरकारले संसद अधिवेशनको अन्त्य तत्काल गर्ने सम्भावना बढेको छ ।

स्रोतका अनुसार सरकारले कोरोना महामारी र लकडाउनको असहज अवस्थालाई देखाएर भएपनि अमेरिकासँग एमसीसी संसदबाट पारित हुने र लागू हुने मिति केहीपछि सार्न अनुरोध गर्ने सम्भावना पनि देखिँदैछ । तर,प्रधानमन्त्रीले संसदबाट एमसीसी ‘जसरी पनि’ पारित गर्छु भनेमा त्यो ‘जसरी पनि’ पारित हुनसक्ने सम्भावना सँधै स्पष्ट छ ।

उहाँले ‘जसरी पनि’ पारित गराएर पार्टीभित्र थप विवाद निम्त्याउनु भन्दा पारित नहुनुमा दोषीचाँहि प्रचण्ड र माधव नेपाललाई देखाउनुमा आफ्नो राजनीतिक सफलता देख्न सक्ने पनि अर्थ लगाइएको छ । यस्तो अवस्थामा कालान्तरमा माधव नेपाललाई भन्दा बढी अप्ठेरो प्रचण्डलाई पर्ने भएकाले एमसीसी पारित नभएमा त्यसको दोष उहाँको टाउकोमा हालिदिने सम्भावना पनि अर्कोतिर देखिन्छ ।

लामो समयदेखि आफ्नो एकल नेतृत्वमा पार्टी राजनीति हाँक्दै आउनुभएका प्रचण्डले एमालेसँगको एकतापछि प्रधानमन्त्रीको पाँच वर्षे कार्यकाल आधा आधा सञ्चालन गर्ने समझदारीलाई पनि छाडिदिनुभएको हो । पार्टी बैठक सञ्चालन दाहालको एकल अध्यक्षतामा गर्नसक्ने म्याण्डेट प्राप्त हुँदा पनि उहाँले त्यो काम गर्न सक्नुभएको छैन । यसलाई पनि बालुवाटारले आफ्नो सफलता ठानेको छ ।

यसबीच दाहालले आफूनिकट कार्यकर्ताको समेत संरक्षण गर्न सक्नुभएको छैन । पछिल्ला दिनमा उहाँलाई खुच्चिङ्ग गर्ने कार्यकर्ता हावी हुँदै गएका छन् । तर,दाहालको उछित्तो काढेर सामाजिक सञ्जाल रङ्गाउनेहरूलाई सरकारले भटाभट महत्वपूर्ण नियुक्ति दिइरहेको छ । गुरु भट्टराईलाई नेपाल रेल्वे कम्पनीको महाप्रवन्धकमा नियुक्त गरिएको छ । रेडियो नेपालको कार्यकारी निर्देशक बन्न दिपक पाठकहरु दाम्लो चुँडालेर दौडिएका छन् ।

बुधबार, आषाढ ०३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया