बुधबार, आषाढ ०३, २०७७ || 1144  पटक पढिएको

काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड–१९)बाट २० जनाको मृत्यु भएको छ ।

सोमबार साँझ नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयसमा उपचाररत बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीय महिलाको कोरोनाको कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ भने बाँकेमा दोस्रो मृत्यु हो ।

त्यसोत नेपालमा कोरोनाबाट पहिलो व्यक्तिको मृत्यु जेठ १ गते भएको थियो ।

सिन्धुपाल्चोकको बाह्रबिसेकी ३० वर्षीया सुत्केरीको मृत्यु भएयता एक महिनामा कोरोनाकै कारण २० जनाले ज्यान गुमाएका छन् ।

गुल्मी र अर्घाखाँचीमा दुई–दुईजनाको मृत्यु भएको छ । त्यस्तै बाँकेमा पनि दुई जनाको मृत्यु भएको छ ।

बाँकेमा यसभन्दा अगाडि जेठ ४ गते नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोनाबाट मृत्यस भएको थियो ।

त्यस्तै सिन्धुपाल्चोक, बाँके, बारा, ललितपुर, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन र पर्साका एक–एकजनाको मृत्यु भएको छ ।

वीरगञ्जको घण्टाघरनजिक जेठ २८ गते मृत भेटिएका २५ वर्षीय युवकको भने ठेगाना भने अझै खुल्न सकेको छैन ।

जेठ १ गते बाह्रबिसे सिन्धुपाल्चोककी ३० वर्षीया महिला, जेठ ४ गते बाँके नरैनापुरका २५ वर्षीय युवक, जेठ ४ गते बारा करैयामाईका ७० वर्षीय वृद्ध, जेठ ८ गते गुल्मी मदानेका ४१ वर्षीय पुरुष, जेठ १० गते अर्घाखाँची भूमिकास्थानका ३७ वर्षीय पुरुष, जेठ १४ गते ललितपुर बुङमतीका ५७ वर्षीय पुरुष, जेठ १७ गते दैलेख दुल्लुका ३५ वर्षीय पुरुष, जेठ १८ गते बाजुरा बुढीगंगाका २ वर्षीया बालिका, जेठ २० गते डोल्पा जगदुल्लाका ५८ वर्षीय पुरुष र जेठ २० गते पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै जेठ २१ गते दोलखाका ७६ वर्षीय पुरुष, जेठ २२ गते सुर्खेत पञ्चपुरीका २१ वर्षीय युवक, जेठ २३ गते कैलाली धनगढीका ५५ वर्षीया महिला, जेठ २५ गते स्याङ्जा वालिङका ६० वर्षीय पुरुष, जेठ २७ गते चितवन भरतपुरका ६८ वर्षीय पुरुष, जेठ २८ गते अर्घाखाँची मालारानीका ५७ वर्षीय पुरुष, जेठ २८ गते ठेगाना नखुलेको २५ वर्षीय युवक, जेठ ३० गते बारा निजगढका ५ वर्षीय बालक, जेठ ३१ गते गुल्मी धुर्कोटका ३६ वर्षीय पुरुष र असार १ गते बाँके बैजनाथका ४६ वर्षीया महिलाको मृत्युसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको हो ।

यता नेपालमा कोरोनाबाट मृत्यु हुनेमा ८४ प्रतिशत पुरुष छन् । मृतकमध्ये एक बालकसहित १६ जना पुरुष छन् । त्यस्तै एक बालिकासहित तीन महिलाको ज्यान गएको छ ।

विश्वमा कोरोनाबाट मृत्यु हुनेहरू ५० वर्षमाथिका बढी छन् । तर, नेपालमा एक महिनाको तथ्यांक ठिक उल्टो देखिएको छ । यहाँ ज्यान गुमाउनेहरू ५० वर्षमुनिका धेरै छन् । २० मृतकमध्ये १२ जना ५० वर्षमुनिका छन्, जुन ५८ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!