बुधबार, आषाढ ०३, २०७७ || 615  पटक पढिएको

क्वारेन्टिनबाट आरडिटी नेगेटिभ देखिएपछि घर पठाइएका बर्दियाका २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जाँचपछि घर पठाइएका बर्दियाको बढैयाताल गाउँपालिका वडा नं १ का १५ र २ का ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उनीहरुलाई गत जेठ २९ गते क्वारेन्टिनबाट घर पठाइएको थियो । जेठ ३१ गते स्वाब संकलन गरी नेपालगञ्ञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पिसिआर जाँच गर्दा आज सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका उपाध्यक्ष दीपा गौतमले जानकारी दिइन् । स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ । संक्रमण पुष्टि भएका सबै वडा नं २ स्थित अमरज्योति माध्यमिक विद्यालय सीतापुरको क्वारेन्टिनमा बसेका थिए ।

उच्च सतर्कता
एकै दिन धेरै जनामा सङ्क्रमण पुष्टि भएपछि बढैयाताल गाउँपालिकामा सतर्कता बढाइएको छ । सङ्क्रमण थप फैलनबाट रोक्न उच्च निगरानी बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए । वडा नं १ र २ मा अत्यावश्यकबाहेक अन्य काममा बाहिर हिँड्न निषेध गरिएको छ । भेरी अस्पताल नेपालगञ्जमा आज भएको परीक्षणका क्रममा बर्दियाका ३१ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकामध्ये २६ जना बढैयाताल गाउँपालिकाका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!