अन्डरवर्ल्ड डन दाउद इब्राहिमका दाहिने हात मानिने छोटा सकिलकी दिदीको मंगलबार मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमले वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । प्रहरीका अनुसार हमिदा फारुक सय्यादलाई कोरोनाभाइरस संक्रमणको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनी करिब ६० वर्षकी थिइन् । अधिकारीले सय्यादको मृत्यु उपचारको क्रममा भएको र उनको कोभिड–१९ परीक्षणको नतिजाको प्रतिक्षा भइरहेको जानकारी दिए । उनी भारतको मुम्ब्रामा आफ्ना श्रीमान् र तीन सन्तासहित बस्थिन् ।

एक महिनामा दुई दिदी–बहिनी गुमाएः

यसअघि मे महिनामा छोटा सकिलकी बहिनी फहमिदाको मृत्यु भएको थियो । फहमिदाको मृत्यु मुम्बईमा भएको थियो । फहमिदाको मृत्यु हृदयघातका कारण भएको थियो, उनी ५० वर्षकी थिइन् । छोटा शकिलकी बहिनी फहमिदा सुरुमा दुबईमा बस्थिन् । पछि उनी मुम्बई आइन् । अण्डरवर्ल्ड स्रोतका अनुसार फहमिदा छोटा सकिलसँग निकै नजिक थिइन् । उनी चार सन्तानमध्ये सबैभन्दा कान्छी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!