लद्दाखको गालवन घाटीमा भारत र चीनको सेनाको बीचमा भएको झडप भारतीय सेनाकै कारण भएको चीनको सरकारी मिडियाले बताएको छ । ग्लोबल टाइम्सले चीन र भारतको सीमामा लगातार तनावको कारण भारतीय सेनाको घमन्ड र दुस्साहस भएको जिकिर गरेको हो ।

चिनियाँ सञ्चारमाध्यमले सैन्य टकराव दुवै देशको हितमा नभएको उल्लेख गर्दै लामो युद्धका लागि चीन पूर्णरुपमा तयार रहेको र आफूसँग अनुकूल परिस्थिति रहेको पनि दाबी गरेको छ ।

आफ्नो सम्पादकीयमा ग्लोबल टाइम्सले सीमा नजिक भारतीय सेनाले भौतिक निर्माण गरिरहेको र आफ्नो क्षेत्रमा समेत निर्माण कार्य गरेको आरोप लगाइएको छ । यही कारणले सो क्षेत्रमा तनाव भइरहेको उसको दाबी छ । किनभने चिनियाँ सेनाले भारतीय सेनाको निर्माण कार्य रोक्ने प्रयास गरिरहेको छ ।

ग्लोबल टाइम्सले लेखेको छ, ‘पछिल्लो केही वर्षदेखि भारतले दुई गलत बुझाइका कारण सीमाका मुद्दामा सख्त रवैया अपनाउन शुरु गरेको छ । पहिलो, अमेरिकासँग बढ्दो दबाबका बीच चीन भारतसँग सम्बन्ध बिगार्न चाहँदैन र यस्तोमा भारतको उक्साहटको जवाफ दिने इच्छा राख्दैन ।

दोस्रो, केही व्यक्ति व्यक्तिहरुमा गलत बुझाइ रहेको छ कि भारतीय सेना चीनको सेनाभन्दा शक्तिशाली रहेको छ ।

यी गलत बुझाइले भारतीय सोचलाई प्रभावित गरेको छ र भारतको नीतिमा दबाब बढाएको छ । चीन र भारतको शक्तिबीचको अन्तर प्रष्ट छ ।

सम्पादकीयमा चीन गालवन भाटीमा तनाव कम भएको हेर्न चाहेको पनि स्पष्ट पारेको छ । ‘हामीलाई आशा छ कि भारतले लद्दाख सीमामा तैनाथ सैनिक र इन्जिनियरहरुको राम्रो प्रबन्ध गर्नेछ । साथै, दुवै सेनाका अफिसरहरु बीच भएको उच्चस्तरीय बैठकमा भएको आम सहमतिलाई पालना गर्नेछ । यदी स्थिति शान्त भयो भने दुवै पक्षलाई फाइदाजनक साबित हुनेछ । यसका लागि दुवै देशको सेनाले प्रयास गर्नुपर्नेहुन्छ ।

ग्लोबल टाइम्सले भारतसँगको सीमा विवादको मुद्दामा चीनको जनतालाई सरकार र जनमुक्ति सेनामाथि भरोसा राख्न पनि अपिल गरिएको छ । सीमा विवादलाई सुल्झाउने दौरान चीनले क्षेत्रीय अखण्डता र राष्ट्रिय हितलाई कायम राख्ने बताइएको छ । ‘चीनसँग आफ्नो जमिनको हरेक एक इन्चको सुरक्षा गर्ने ताकत र समझदारी रहेको छ र आफ्नो विरुद्ध कसैको पनि रणनीतिक चाललाई सफल हुन दिनेछैन,’ उसले भनेको छ ।

गालवन घाटीमा भएको झडपमा दुवै देशका सैनिक हताहत भएको बताइए पनि चीनले आफ्नो तर्फ भएको क्षतिको हालसम्म आधिकारिक संख्या खुलाएको छैन । भारतले भने झडपमा २० जनाको मृत्यु भएको र १५ जना बेपत्ता भएको बताएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!