अर्घाखाँचीको क्वारेन्टिनमा रहेका एकजना पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको सितगंगा नगरपालिका वडा नं ५ का ४३ वर्षीय पुरुषले आरडीटी परीक्षण पोजेटिभ आए लगत्तै क्वारेन्टिन नजिकै आत्महत्या गरेका हुन्। जेठ १४ गते भारतको पञ्जाबबाट आएका उनलाई स्थानीय हरि माविको क्वारेन्टिनमा राखिएको थियो । उनको जेठ २४ गते स्वाब संकलन गरि पीसीआर परीक्षणको लागि पठाइए पनि रिपोर्ट अझै आइनसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथोकीले बताए ।क्वारेन्टिनबाट बाहिर निस्केर बिहान करिब ३ बजेको समयमा उनले झुन्डिएर आत्माहत्या गरेको बुढाथोकीले जानकारी दिए । गुल्मीमा पनि केही दिनअघि एक जनाले भारतबाट आएकै दिन आत्माहत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!