बुधबार, आषाढ ०३, २०७७ || 712  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोग (कोभिड–१९)को सङ्क्रमणबाट बच्न देशव्यापी रूपमा सचेतना ल्याउने कार्यमा जुट्न सबै राजनीतिक दलसँग आग्रह गरेका छन् ।

उनले कोरोना कुनै राजनीतिक दल वा सरकारको मात्र समस्या नभई साझा समस्या भएकाले सबै मिलेर यसको रोकथाम र व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेसको संसदीय टोलीको १३ बुँदे ज्ञापनपत्र मङ्गलबार बुझेपछि उनले यस्तो विचार व्यक्त गरिएको हो । सुदूरपश्चिम प्रदेशमा ठूलो सङ्ख्यामा भारतबाट एकै पटक नेपाली स्वेदश आउँदा क्वारेन्टाइन व्यवस्थापन गर्न कठिनाइ भएको धारणा प्रधानमन्त्रीको रहेको जानकारी भेटपछि पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले दिएका छन् ।

प्रधानमन्त्रीले कोरोना उपचारका लागि खरिद गरिएका सामग्रीमा भ्रष्टाचार नभएको र सङ्कटका बेलामा खरिद गर्दा केही महँगो भएको धारणा पनि काँग्रेस टोलीसँग राख्नुभएको जानकारी प्रधानले दिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूूर्य थापाका अनुसार टोलीमा काँग्रेस संसदीय दलका प्रमुुख सचेतक बालकृष्ण खाँण, सांसदहरू भीमसेनदास प्रधान, गगन थापा, पुुष्पा भुसाल र राजन केसी सम्मिलित हुनुुहुन्थ्यो । प्रधानमन्त्रीसँगको भेटमा नेपाली काँग्रेस संसदीय टोलीले कोरोना परीक्षणको दायरा फराकिलो बनाउन माग गरेको छ ।

क्वारेन्टाइनमा बसेका सबैको पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने, मृत्यु भएका व्यक्तिको शवको अनिवार्य स्वाब परीक्षण गर्नुपर्ने माग काँग्रेसले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गरी देश र जनतालाई यो विपद्बाट जोगाउन अझै पनि सरकारले गर्नैपर्ने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नेपाली काँग्रेसले जनाएको छ ।

काँग्रेसले स्वाब सङ्कलन भएको हप्तौँसम्म परीक्षणको रिपोर्ट नआउने, कैयौँ दिनसम्म स्वाब सङ्कलन नहुने अवस्था तत्काल अन्त्य गर्न माग गर्दै निजी क्षेत्रबाट सञ्चालित प्रयोगशालासँग साझेदारी गर्न, क्वारेन्टाइन व्यवस्थापन राम्ररी गर्न, स्थानीय सरकारलाई आवश्यक आर्थिक र प्राविधिक स्रोतसाधन तथा जनशक्ति तत्काल उपलब्ध गराउन जोड दिएको छ । (गोरखापत्रबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!