मंगलबार, आषाढ ०२, २०७७ || 771  पटक पढिएको

टेलिभिजन हुँदै बलिउडमा आफ्नो करियर बनाएका सुशान्त सिंह राजपूतले १४ जुनमा आत्महत्या गरे । शोकमा रहेको परिवारमा शोक थपिएको छ । उनकी भाउजुले पनि सोमबार बिहारमा प्राण त्यागेकी छिन् ।

टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्टअनुसार सुशान्तको मृत्युको खबरले स्तब्ध भएपछि उनकी भाउजु सुधादेवीले खाना खानै छाडेकी थिइन् । उनी सुशान्तका काकाका छोरा अर्थात् दाइ अमरेन्द्र सिहंकी पत्नी हुन् । जो सुशान्तको पुख्र्यौली गाउँ बिहारको पूर्णियास्थित मलडीहामा बस्थिन् ।

पहिल्यैदेखि बिरामी रहेकी सुधा आइतबारदेखि खानपान छोड्दा निकै कमजोर भएकी थिइन् र बारम्बार बेहोस भइरहिन् । २४ घण्टासम्म भोकै रहेपछि उनले सुशान्तको अन्तिम संस्कार हुँदाको समय प्राण त्यागिन् । जसकारण, सुधाको परिवार मुम्बईमा भएको सुशान्तको अन्तिम संस्कारमा सहभागी हुन सकेन ।

सुशान्त सिंह बिहारको पूर्णिया जिल्लाका स्थायी बासिन्दा हुन् । ९० को दशकमा उनको परिवार पटना आएको थियो ।

पिता केके सिंह पूर्वसरकारी अधिकारी हुन् । पटनाको सेन्ट कैरेन्स स्कुलबाट पढाइ सकेपछि सुशान्त दिल्ली गएका थिए । सुशान्तका गाउँलेहरुले अझै उनले आत्महत्या गरेर भनेर स्वीकार्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!