राजनीतिक आडमा गुण्डागर्गी गर्दे आएका जनता समाजवादी पार्टीका युवा नेता श्री सुब्बालाइ ८ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागी कारागार चलान गरिएकाे छ ।

धरान- १५ का श्री सुब्बालाई जिल्ला अदालत सुनसरीका न्यायाधीश धर्मराज पौडेलको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । जिल्ला अदालतको २ नम्बर बेन्चमा भएको थुनछेक बहसपछि सुब्बालाई न्यायाधीश पौडेलले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।

जिल्ला अदातलको आदेशसँगै सुब्बालाई पुर्वक्षेत्रीय कारागार झुम्का पठाइएको इलाका प्रहरी कार्यलय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । साविक संघीय समाजवाली पार्टीको युवा संगठनको प्रदेश १ को अध्यक्ष समेत रहेका सुब्बा पटकपटक गुण्डागर्दीसँगै विभिन्न अपराधिक गतिविधिमा पक्राउ पर्देै छुट्दै आएका थिए ।

गत जेष्ठ ५ गते ८ वर्षीय बालिकालाई बलात्कार गरेको उजुरी परेपछि जेष्ठ ८ गते उनी पक्राउ परेका थिए । लामो समयदेखि राजनीतिक आडमा अपराधिक गतिविधिमा संलग्न हुदै आएका सुब्बा कर्तब्य ज्यान मुद्दामा जेलजीवन बिताएर ६ वर्षअघि छुटेका थिए । जेलबाट छुटेर आएसँगै राजनीतक दलमा आबद्ध हुँदै उनी पुनः गुण्डागर्दीमा संलग्न हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!