मंगलबार, आषाढ ०२, २०७७ || 574  पटक पढिएको

बहुचर्चित ललिता निवास जग्गा घपला प्रकरणमा एकजना पनि उन्मुक्त नहुने गरी अख्तियार तात्तियो । विशेष अदालतको तताई पनि कम थिएन । चैत ३ गते उक्त मुद्दाका प्रतिवादीमध्ये सबभन्दा कमजोर प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखियो ।

डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन प्रमुख कृष्णप्रसाद पौडेल आज पनि सदरखोर डिल्लीबजारमा थुनिएकै छन् । तर,त्यसलगत्तैको लकडाउनपछि कथा फेरियो ।

ल?कडाउनको एक महिनापछि विशेष अदालत आंशिक मुद्दा हेर्नका निम्ति खुल्यो । अख्तियारबाट मुद्दा पनि गइरहेका छन् ।

तर, ललिता निवासको मुद्दा एकपछि अर्को गर्दै हटाउने काम चलिरहेको छ ।

सबभन्दा कमजोर प्रतिवादी नै जेल गएपछि बाँकी प्रतिवादी बच्ने ठाउँ छैन भनेर बुझिँदै थियो ।

तर,बीचमा कुन अंग कसरी सल्बलायो, मुद्दाले पालै पाउन छाड्यो । न्यायाधीशहरु त आएदेखि आँखा चिम्लेर पुर्पक्ष पठाउन तयार छन् । तर, पालै नपर्ने गरी मुद्दा राखिँदा अन्यौलता छाएको हो ।

त्यसो त व्यक्तिका पद ‘लो प्रोफाइल’ भए पनि तिनका आर्थिक मामिला ‘हाइप्रोफाइल’ भएका मुद्दामा अख्तियार सक्रिय छ । एकजना गाविस सचिवसँग १७ करोडको स्रोत नखुलेको सम्पत्ति, मालपोतका नासुको ११ करोड,नापीका नासुको ५ करोड,यातायातका खरिदार, सुब्बा र लेखापालका पनि करोडमाथिका स्रोत नखुलेको सम्पत्ति भेटिएका छन् । र, ती मुद्दा विशेष अदालतमा चलिरहेका छन् ।

ललिता निवास प्रकरणअघिकै नेपाल वायुसेवाको वाइडबडी, न्यारोबडीहरुका खरिदसम्बन्धी मुद्दा अख्तियारमा छन्, तर विशेष अदालत पुगिसकेका छैनन् । भनिन्छ,ती मुद्दाको फाइलमा धमिरा लागिसक्यो ।

हेरफेरको बेला

अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेको पद भदौ अन्तिमसम्म बाँकी छ ।

उनीपछि अर्को प्रमुख आयुक्त नियुक्त नभएमा गणेशराज जोशीले चलाउनुपर्ने स्थिति रहन्छ । र,गणेशसँगै सावित्री गुरुङ सात महिनापछि,अर्थात् चैतमा अवकास हुन्छन् ।

अहिले अख्तियारसँग ९ सय ९० कर्मचारी छन् । त्यसमध्ये प्रहरीमात्रै ४ सय ३० जना छन् । देशभरमा प्रदेशस्तरका ७ र नेपालगञ्जमा एउटा सम्पर्क कार्यालय छ ।

नेपालगञ्जमा उपसचिव र बाँकी ७ प्रदेशमा सहसचिव कार्यालय प्रमुख हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!