नेपाली मौलिक लोकदोहोरी गीत संगीतको क्षेत्रमा मौलिक सिर्जनाहरुको माग दिन प्रतिदिन बढ्दो रुपमा रहेको छ । गायिका लक्ष्मी परियार र गायक सुमन परियारको आवाजमा रहेको ”रेलिमै” गीतको भिडियो पानस फिल्मस् मार्फत सार्वजनिक भएको छ । मायालु जोडिको प्रेमको भावलाई निकै आर्कषक रुपमा गीतमा समावेश गरिएको छ । मौलिक लोक लय सिर्जना गरिएको गीतमा प्रेमीकाको मायामा आफु निकै घायल बनेको गायक सुमनले बताए ।

गीतमा काल्पनिक माया भन्दा पनी फरक रुपमा जिवनको बास्तविकतालाई चित्रण गरिएको छ । गीतमा निकै मेहनतका साथ निमार्ण गरिएको छ । मौलिक पहिचान र जिवनको वास्तविकता भएको कारणले पनी आम दर्शक तथा श्रोतको मन मुटुमा बस्नेमा आशावादी रहेको गीतका गायक सुमन परियारले बताए ।

त्यसको प्रतिउत्तरमा गायिकाले मायालुको बोली र स्वभावमा जिवन नै सुम्पिएको कुरा गीतमा गरेकी छन । सुमन परियारको शब्द तथा अमृत सुनार र सुमन परियारको लय सिर्जना गीतमा रहेको छ । गीतमा आशिष अविरलको म्युजिक एरेन्ज रहेको छ । सागर गौत्तमको छायाँकन, दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “रेलिमै“ गीतको भिडियोमा अन्जली अधिकारी र धुव्र हिमालीको निकै लोभलाग्दो अभिनय तथा नृत्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!