वास्तु शास्त्रका अनुसार घाेडाकाे तस्वीरले हाम्राे जीवन सकारात्मक उर्जाकाे लागि विशेष भूमिका खेलेकाे हुन्छ । यदि सहि दिशामा मिलाएर उक्त सात ओटा सेताे घाेडाकाे तस्बिरले हाम्राे भाग्य पनि परिवर्तन गर्ने सक्ने सामर्थ्य राख्ने गरेकाे जानकारीहरु छन् ।

तस्वीर कुन दिशामा लगाउनुपर्छ त्याे भने जान्न जरुरी छ। किन भने दिशाले दशालाई पनि बदल्न सक्ने सामर्थ्य राख्दछ । यदि तपाईं हामी बस्ने दिश खराब भएकाे अवस्थामा त्येसकाे प्रभावले दशा पनि कमजाेर बनाउदै जान्छ । सूर्यलाई ग्रहहरुकाे राजा भनेर परिभाषित गरिएको छ ।

शास्त्रका अनुसार दाैडिरहेकाे घाेडाकाे प्रतीक सफलता, दुरदर्शिता,चतुर्याइँ तथा तागतकाे प्रतिकका रुपमा व्याख्या गरिएकाे छ । यसबाट जीवनमा सफलता साेचेअनुसार नै मिल्ने कुरा उल्लेख गरिएको छ । लक्की नंबर ७ काे बारेमा धेरै कुरा ब्याख्या गरिएकाे छ । जस्तै सप्त ऋषि,इन्द्र धनुष जहाँ सात प्रकारका किरण बन्ने गरेकाे छ । त्येस्तै सप्त रङ्गी किरण, बिहेकाे सायमा यज्ञ मण्डपमा सात पटक परिक्रमा गर्नु पर्ने नियम, सात बार लगाएत अरु थुप्रै रहस्य हरु सात अंकसंग जाेडिएर रहेकाे छ ।

पाच महत्त्वपूर्ण विषयकाे बारेमा जानकारी जसकाे प्रयाेगबाट बदल्न सकिन्छ भाग्य,

 घरकाे बैठक काेठाकाे उत्तर या उत्तर पूर्व दिशामा समुन्द्रमा डाैडिरहेकाे तस्बिर लगाएमा कुनै पनि भारि तथा अफ्ट्यारा कामहरु समुन्द्रकाे पानी जति हलुका हुन्छ त्येसैगरि हाम्राे कामकाराेबार पनि सजिलोसँग पूरा हुने बताईएकाे छ ।

 साेता सात ओटा घाेडाकाे तस्बिर विशेषगरी घरकाे पूर्व दिशातर्फकाे वालमा लगाएमा दिर्घ राेगिहरुलाई सञ्जीवनी बुट्टी सरह काम गर्दछ । हाम्राे शरीर स्वस्थ्य राख्न चाहिने उर्जा भनेकै पूर्व दिशा बाट आउने हाे ।अहिले सूर्यकाे किरणबाट विभिन्न राेग निकाे पार्ने सूर्य थेरापीकाे प्रचलन विश्वभर बढिरहेको छ। व्यवसाय तथा कार्यलयमा भने दक्षिण दिशामा राख्दा उत्तम मानिन्छ दक्षिण दिश महालक्ष्मीकाे दिशा भएकाले पनि उक्त स्थानमा राख्दा सदैब लक्ष्मीकाे कृपा रहिरहने उल्लेख गरिएको छ ।

 घडाकाे तस्वीर घरमा राख्नाले सम्पूर्ण नवग्रह नै शान्ति हुने उल्लेख गरिएको छ सूर्यलाई ग्रहहरुकाे राजा भनेर भनिएकाे छ । शनिकाे दशा चलेकाे समयमा घाेडाकाे टाप बाट बनाईएकाे रिङ्ग बायाँ हातकाे माझी अाैलामा लगाएमा समस्त राेगबाट छुट्कारा पाउने भएकाले पनि ग्रह शान्ति देखि ढिलासुस्ती हुने काम घाेडाकै गतिमा अगाडि बढ्ने कुरा उल्लेख गरिएको छ ।

 सूर्य भगवानकाे रथमा सात आेटा घाेडा हुने भएकाले घाेडाले घरमा भएका समस्त नकारात्मक उर्जालाई सकारात्मक उर्जामा बदल्ने काम गर्दछ । यसरी घाेडाकाे तस्बिर राखेमा शुभ तथा सकारात्मक उर्जाकाे प्रवाह धेरै हुने गर्दछ ।जसकाे कारणबाट हरेक प्रकारका सम स्या हट्दै जाने फेङसुईमा उल्लेख गरिएकाे छ

 कुनै पनि प्रकारका घरमा हुने बास्तु दाेष सात आेटा घाेडा भएकाे तस्बिर पश्चिम दिशा तर्फ फर्काएर राखेमा कुनै प्रकका बाधा अबराेध तथा शत्रुको भय नहुने हुदा बास्तु शास्त्रमा घाेडाकाे महिमा बर्णन गरिएको हाे । जुन सुकै मानिसले पनि घडाकाे तस्बिर घरमा राख्न हुने वास्तुविद् हरुले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!