मंगलबार, आषाढ ०२, २०७७ || 1221  पटक पढिएको

कैलालीको लम्कीचुहा नगरपालिका–१ की ३१ वर्षीया युवती ६ महिनाअघि कामको खोजीमा भारतको बैङलोर पुगिन्। श्रीमान् कान्छी श्रीमती लिएर झन्डै ७ वर्षअघि भारत भासिएपछि दुई बच्चाको लालनपालन गर्न उनी पनि त्यतै गएकी हुन्।

भाँडा माझ्ने काम कोरोना महामारीले रोकियो। झन्डै दुई महिनापछि उनी गैरीफन्टा नाका हुँदै जेठ २० गते लम्की पुगिन्। नाबालक छोराछोरी र नजिकै रहेका माइती भेट्ने रहर हुँदाहुँदै पनि उनी स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा बसिन्। सरकारले पहरा दिने भनिएको क्वारेन्टाइनमा शनिबार राति सामूहिक बलात्कारको सिकार भइन्।

क्वारेन्टाइनका लागि निश्चित मापदण्ड छन्। सुरक्षा, स्वास्थ्यकर्मी, खानपान, नियमित रेखदेख। तर, लम्की चुहा–१ ले व्यवस्थापन गर्दै आएको सहिद स्मृति माविमा उनी तीन जनाको बलात्कारमा परेकी हुन्।

विद्यालयमा जति बेला जो पनि निर्धक्क प्रवेश गर्ने वातावरण छ। दिउँसै असुरक्षित रहेको विद्यालयको छेउ कोठामा १४ दिन क्वारेन्टाइन बसेका ३३ जना घर फर्किए। अर्की एक महिला श्रीमान्सँगै बसिन्। ती युवतीलाई त्यही छेउको कोठामा बस्न भनियो। १२ दिन पुगिसकेको भए पनि उनको आरडीटीसम्म भएको थिएन। चुकुलसमेत नभएको कोठाभित्र उनी ढोकामा बेन्च राखेर सुत्थिन्।

राति १२ बजेदेखि नै पानी परिरहेकाले जस्ताले छाएको कोठामा चर्को आवाज आइरहेको थियो। पीडित महिलाका अनुसार क्वारेन्टाइनको सुरक्षामा खटिएका स्वयंसेवक लक्ष्मण परियार पटकपटक ढोका र झ्यालमा हिर्काउँदै ढोका खोल्न भनिरहेका थिए। निकै बेर ढोकामा हिर्काएपछि उनले रिसाउँदै ढोका खोलिन्।

लक्ष्मणले उनलाई धकेल्दै अर्को भवनमा पुर्‍याए। कोठा बन्द गरे अनि बलात्कार गरे। उनले मध्यराति उनले हारगुहार गरिन्। अर्का स्वयंसेवक किशोर परियार उनको नजरमा परे।

उनी भन्छिन्, ‘मैले उनको खुट्टा समातेरै बचाउन आग्रह गरें तर उनले पनि उल्टै बलात्कार गरे।’ पहिलो र दोस्रो बलात्कारको भिडियो सर्जन विक नामका अर्का युवकले खिचिरहेका रहेछन्। उनी भन्छिन्, ‘सर्जनले पनि मलाई पैसा दे, नत्र त्यो भिडियो भाइरल बनाइदिन्छुु भन्दै धम्की दिए।’ उनले इज्जतको डरले पनि तत्काल प्रतिवाद गर्न नसकेको बताइन्।अन्नपूर्ण पोस्ट् दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!