कोरोना संक्रमणबाट मुक्त भएको भन्दै २ संक्रमित आ–आफनो घरपुगेलगत्तै फेरि संक्रमण पुष्टि भएपछि रौतहटका २ गाँउमा सन्त्रास बढेको छ । बृन्दाबन र देवाही गोनाही नगरपालिकास्थित क्वारेन्टाईन बाट २ जना संक्रमण मुक्त भएको भनी घरमा पुुगेको ५ घन्टापछि पुनः संक्रमण पुष्टि हुँदा गाँउमा सन्त्रास बढेको हो ।

बृन्दाबदन नगरपालिकास्थित क्वारेनटाईमा रहेका १ जना २५ वर्षीय युवालाई आईतवार बिहान संक्रमण मुक्त भएको सूचना आएपछि उनी जंगलसैयास्थित मस्जिदटोलमा रहेको घरमा गएका थिए । त्यसैगरी देवाही गोनाही नगरपालिका ६ स्थित कर्कच प्राविमा रहेको क्वारेन्टाईनबाट आईतवार बिहान ८ जनालाई घर पठाइएको थियो । त्यसमध्ये १ जनामा पुनः संक्रमण पुष्टि भएको थियो । दुबै जनाको ५ घन्टापछि पिसिआर रिपोर्ट पोजिटिभ आएको भन्दै प्रहरीले उनीहरुलाई लिएर गएका छन् ।

हाल दुवै जनाको धरहरी र बृन्दाबनस्थित आईसोलेसनमा उपचार भइरहेको छ । गुजराका संक्रमित बुबाले चलाएको मोटरसाईकलमा पछाडी बसेर घरमा गएका थिए । संक्रमित ५ घन्टा परिवारको बीचमा रहेकाले परिवारका सदस्यमा पनि संक्रमण हुनसक्ने भन्दै उनीहरुलाई पनि क्वारेन्टाईनमा पठाइएकोे गाँउमा सन्त्रास फैलिएको नेकपा गुजरा नगरपालिकाका सचिव युवराज ज्ञवालीले गुनासो गरेका छन् । सचिव ज्ञवालीले यस्तो लापरवाहीले पुरै गाँउनै संक्रमित हुने जोखिम बढेको बताए ।

पिसिआर रिपोर्ट केन्द्रबाटै अघि पछि गरेर आउने गरेकाले यस्तो समस्या आएको जिल्ला अस्पताल गौरका प्रमुख महेश साहले बताए । सोमवार अपरान्हसम्म रौतहटमा ९८ जना कोरोना भाईरस संक्रमित थपिएका छन् । जिल्ला अस्पताल गौरकाअनुसार यमुनामाई गाउँपालिकामा ४७ जना, ईशनाथ नपामा ३३ जना, राजदेवीमा ९ जना, राजपुरमा ८ जना र फतुवा बिजयपुरमा एकजना गरी ९८ जना संक्रमित थपिएका हुन् । योसहित रौतहटमा कोरोना संक्रमितको संख्या कूल संख्या ८७१ पुगेको जिल्ला अस्पताल गौरले जनाएको छ । सोमवारसम्म रौतहटमा १०२ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!