सोमबार, आषाढ ०१, २०७७ || 1548  पटक पढिएको

अहिले विश्वनै कोरोनाको चपेटामा परेको छ । यसबाट नेपालमात्र हैन विश्वका १ सय ३० ओटा देशहरुमा लकडाउन गरिएको छ । केहिमा बिस्तारै खोल्न शुरु गरिएको छ भने केहि झन कडा रुपमा प्रस्तुत भइरहेका छन् । कोरोनाका कारण फिल्म उधोग पनि अछुतो रहन सकेन । अहिले कोरोनाले भारत पनि आक्रान्त बनेको छ । धेरै चलचित्रहरु प्रदशन हुन पाएका छैन्न भने सुटिङ् नै रोकिएका छन् । त्यो भन्दा पनि बलिउडले यो लकडाउनको अवधीमा धेरै चर्चित कलाकारहरु गुमायो । लकडाउनको यो अवधिसम्म आईपुग्दा ऋषि कपुर, ईरफान खान, वाजिद देखि लिएर सुशान्तसम्म आइपुग्दा १० चर्चित बलिउड सेलिब्रेटीको निधन भएको छ । कोहि रोगका कारण अस्ताए भने कोहिले आ’त्म’ह’त्या गरे । हेरौ सुशान्त सहित कोको हुन् ज्यान गुमाएका १० बलिउड सेलिब्रेटी ?

इरफान खान : ५४ वर्षीय खानको मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको थियो । उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए । खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो । बलिवुड अभिनेता इरफान खानको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको सघन उपचार कक्ष ‘आईसीयू’ मा भर्ना गरिएको थियो ।

ऋषि कपुर : बलिउड अभिनेता ऋषी कपुरको ६७ वर्षको उमेरमा निधन भएको हो । अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । त्यतिबेला उनले ‘११ महिना ११ दिनपछि घर फर्किएँ’ भन्दै ट्वीट गरेका थिए । गत फेब्रुअरीमा पनि उनी दुई पटक अस्पताल भर्ना भएका थिए । सुरुमा दिल्ली जाँदा उनलाई ‘इन्फेक्सन’ले सताएको थियो भने मुम्बई फर्किएपछि ज्वरो आएको थियो । बलिउड अभिनेता ऋषी कपुरको ६७ वर्षको उमेरमा निधन भएको हो ।

वाजिद खान : बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको यही आइतबार अबेर राती निधन भएको हो । उनको को’रो’ना भाइरसका कारण ४२ वर्षको उमेरमा निधन भएको पुष्टि भएको थियो । लामो समयदेखि मृगौलाको समस्यासँग जुधिरहेका वाजिदलाई कोरोना संक्रमण पनि भएको थियो । उनको मुम्बईको एक अस्पतालमा उपचार चलिरहेको थियो । अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको थियो ।

प्रेक्षा मेहेता : क्राइम प्रेट्रोल, लाल इश्क, मेरी दुर्गा लगायतको शोमा काम गरेकी अभिनेत्री प्रेक्षा महेताले मे २५ मा आ’त्म’ह’त्या गरिन् । २५ वर्षकी प्रेक्षाले आफ्नो सुसाइड नोटमा लेखेकी थिइन्–‘मेरो टुटेको सपनाले मेरो भरोसा तोडेको छ । ’म मरेको सपनाको साथमा बाच्न सक्दिन । म नकरात्मक रुपमा बाच्न सक्दिन । पछिल्लो एक वर्षदेखि मैले धेरै कोसिस गरेँ । अब म थाकि सकेँ ।’

मेबिना माइकल : चर्चित भारतीय अभिनेत्री मेबिना माइकलको सडक दुर्घटनामा परी निधन भएको हो । कन्नड टेलिभिजनकी माइकलको २२ वर्षको उमेरमा मंगलबार बेलुकी सडक दुर्घटनामा परी निधन भएको भारतिय मिडियाले जनाएका छन् । मंगलबार आफ्नो गृहनगर मडिकेरी गइरहेका बेला दुर्घटना भएको थियो ।

योगेस गौर : ७० को दशकमा हिन्दी संगीतमा योगदान दिएका एक प्रसिद्ध गीतकार, योगेश गौरले ७७ वर्षको उमेरमा अन्तिम सास लिएका थिए । उनको निधनमा हिन्दी सिनेमाका नामी कलाकारहरूले समेत श्रद्धांजलि अर्पण गरेका थिए । गायिका लता मंगेशकरले पनि ट्वीट गरी उनको समवेदना व्यक्त गरिन । योगेशले आफ्नो समयका सर्वश्रेष्ठ फिल्म निर्माताहरू, हृषिकेश मुखर्जी, बासु चटर्जी इत्यादिसँग धेरै काम गरेका छन् । उनले हिन्दी सिनेमाको पहिलो सुपरस्टार राजेश खन्नाको फिल्म ‘आनंद’ को लागी गीतहरू पनि लेखेका थिए । उनले लेखेका केही राम्रा गीतहरूमा कहिन दूर जब दिन ढल जाए, जिंदगी कैस है पहालि, रिम्झिम गिरे सावन, कई बार युन ही देख है, ना बोले तुम ना मैं क्या कहूं आदि पर्छन् । योगेशको जन्म १ मार्च १९४३ मा उत्तर प्रदेशको राजधानी लखनऊमा भएको थियो । योगेश गौरको मुख्य फिल्महरूमा मिली, आजा मेरी जान, मंजिल और भी है, बात-बात में, रजनीगंधा, मंजिल र बेवफा सनम लगायतका छन् ।

मोहित बेगल : सलमान खानसँग रेडी फिल्ममा अमर चौधरीको भुमिका निभाएका मोहित बेगलको २६ वर्षको उमेरमा निधन भएको छ । सलमानले उनलाई डेब्यु गराएको र आफ्नो भाईलाई जस्तो केयर गर्ने भएकोले उनलाई धेरैले सलमानको भाइको उपनामले चिन्ने गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । तर उनले मोहितको निधनको बारेमा औपचारिक रुपमा केही बोलेका छैन्न तर उनी शोकमा डुबेको समाचारमा बताइएको छ । मोहित ६ महिना अगाडी देखि दिल्लीको एक अस्पतालमा क्यान्सरसँग लडिरहेका थिए । उनले क्यान्सरलाई जित्न सकेन्न र सानै उमेरमा ज्यान गुमाए ।

मनमित ग्रेवाल : ३२ वर्षका कलाकार मनमित ग्रेवालले मे १५ मा आ’त्म’ह’त्या गरे । मनमितले आ’त्म’ह’त्या गर्नुको कारण लकडाउनसँगै सुरु भएको आर्थिक संकट थियो । मनमितको साथीले बताए अनुसार केही समय अगाडी मनमितको अर्का एक साथीले पनि आ’त्म’ह’त्या गरेका थिए । दुबै जनाले विदेश जानको लागि पैसा ऋण लिएका थिए र त्यही पैसा तिर्न नसकेको कारण आ’त्म’ह’त्या गरेको भारतीय मिडियाले बताएको छ ।

श्रीधर र उनको बहिनी जया : चेन्नाइका तमिल कलाकार श्रीधर र उनको बहिनी जया कल्याणीले पनि आ’त्म’ह’त्या गरेका थिए । दुबै जना कलाकार थिए । आथिंक संकटको कारण उनीह्रुले आत्महत्या गरेका थिए । उनीहरुको घरबाट गन्धआएपछि मात्र यो घटना जुन ६ मा सार्वजनिक भएको थियो ।

चान्दना विके : विज्ञापनमा काम गर्ने कन्नड कलाकार तथा टिभि एङ्कर चान्दना विकेले पनि मे २८ मा आ’त्म’ह’त्या गरिन् । निधनको एक हप्ता अगाडी मात्र उनी सामाजिक सञ्जालमा भाइरल भएकी थिइन् । उनले प्रेमि दिनेश गोवडाले विवाहको लागि अस्वीकार गरेको कारण देखाउदै आ’त्म’ह’त्या गरेकी थिइन । आ’त्म’ह’त्या गर्नु अगाडी उनले एक भिडियो बनाएकी थिइन् जसमा लेखिएको थियो–‘मैले तिमीलाई भनेको थिएँ म मरे भने तिम्रो लागि राम्रो हुन्छ । म मेरो जीवन समाप्त गर्दैछु यसको कारण तिमी हौ दिनेश !’

गेश मुकाती : बलिउड चर्चित कलाकार गेश मुकातीको पनि निधन भएको छ । श्वाप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका उनको अचानक उपचारकै क्रममा निधन भएको हो । भारतिय मिडियाका अनुसार जुन १० मा बुधबार निधन भएका उनी भारतकै चर्चित टीभि कलाकार हुन् । उनको निधन भएपछि बलिउडका धेरै कलाकारले दुख व्यक्त गरेका छन् । उनी सिद्धार्थ मल्होत्राको फिल्म ‘हंसी तो फंसी’ मा पनि देखिएका थिए । त्यस्तै उनी अमिर खानको फिल्म ‘मन’ र पीके’ मा पनि देखिएका थिए ।

अनिल सुरी : बलिउडका चर्चित फिल्म निर्माता अनिल सुरीको कोरोनाको संक्रमणबाट निधन भएको छ । भारतिय मिडियाका अनुसार उनको ७७ वर्षको उमेरमा कोरोनाबाट निधन भएको जनाइएको छ । उनका भाई निर्माता राजिव सुरीका अनुसार अनिललाई जून २ तारिखमा ज्वरो आए र त्यसपछि उनको स्वास्थ्य अवस्था विग्रदै जाँदा बिहिबार राती ७ बजे निधन भएको बताएका छन् । निधन भएपछि उनको अन्तिम संस्कार शनिबार बिहान ओशिवारा शवदाहगृहमा गरिएको जनाइएको छ । यसअघि पनि बलिउडका संगीतकार ४२ वर्षीय वाजिद खानको कोरोनाभाइरसका कारण निधन भएको थियो ।

चिरञ्जिवी सार्जा : बलिउड कलाकार चिरञ्जिवी सार्जाको निधनले पनि बलिउड शोकमा डुब्यो । उनी कन्नडा फिल्म उद्योगमा सफल कलाकार हुन् । उनले ३९ वर्षकै उमेरमा ज्यान गुमाएका छन् । भारतीय सञ्चारमाध्यममा प्रकाशित भएका समाचारको अनुसार शनिबार उनले छाती दुख्यो भनेर भनेका थिए, उनलाई तत्कालै बेङगलरुको जयनगरमा रहेको सागर अस्पतालमा भर्ना गरिएको थियो । तर डाक्टरले उनलाई बचाउन नसकेको दुखद् खबर दिए । उनी बलिउडमा चिरुको नामले प्रख्यात थिए । उनले २२ वटा भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनले कन्नडा फिल्महरु अध्या, खाकीँ, सिङगा, अम्मा, आइलभ यु, प्रेमा बरहा, वायुपुत्र लगायतका फिल्ममा अभिनय गरेका थिए । उनको अन्तिम फिल्म भने शिवर्जुन रहेको बताइएको छ ।

कुलमित मक्कर : चर्चित फिल्म निर्माता तथा प्रोड्युसरर्स गिल्ड अफ इन्डिया (पिजिआई)का सिइओ कुलमित मक्करको पनि लकडाउनकै अबधीमा निधन भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यममा उल्लेख भएअनुसार हृदयघातको कारण ६० बर्षको उमेरमा उनको निधन भएको हो । पिजिआइले एक विज्ञप्ति जारी गर्दै बलिउड चलचित्र र टेलिभिजन क्षेत्रको विकासमा उनको योगदान महत्वपूर्ण रहेको उल्लेख गरेको छ । उनको निधनमा बलिउडका कलाकार र उनको शुभचिन्तकले श्रद्धांजलि अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!