चीनको राजधानी बेइजिङमा कोरोना भाइरस संक्रमितको संख्या ७९ पुगको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आज थप चीनभरमा ४९ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको जानकारी दिएको हो ।

तिमध्ये ३९ जनामा स्थानीय संक्रमण देखिएको छ । स्थानीय संक्रमणमध्ये ३६ जना बेइजिङ र ३ जना बेइजिङको छिमेकी प्रान्त हिबेईका रहेका छन् । ५५ दिनसम्म संक्रमित फेला नपरेको बेइजिङमा केही दिनको विचमा ७९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।

चीनको राजधानी बेइजिङमा कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु हुने चिन्ता थपिएको छ । संक्रमण थप बिस्तार हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाइएको चीनले जनाएको छ ।

बेइजिङको ठूलो होलसेल मार्केटबाट संक्रमण फैलिएको देखिएपछि बन्द गरिएको छ । नयाँ संक्रमितहरु सो बजारका ब्यापारी र ग्राहक रहेका छन । नयाँ संक्रमित फेला परेसँगै सो क्षेत्रका स्थानीय अधिकारीहरुलाई चीन सरकारले बर्खास्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!